News Portal

देउवा फेरी प्रधानमन्त्री बन्ने

हिमालीसंचार संवाददाता
३५४ पटक

काठमाडौं, १० असार। ज्योतिष एवं वास्तुविद् सुरेशचन्द्र रिजालले कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने योग बन्दै गएको बताएका छन्।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलाले अहिले राजनीतिक परिवर्तनको मोडमा आएको र देउवाको प्रधानमन्त्री बन्ने योग बलियो रहेको बताएका छन्।

‘सक्षम मान्छे देशमा आओस् भन्ने चाहना हो सबै जनाको। अहिलेको परिस्थिति केही परिवर्तन छ। फेरि पनि शेरबहादुर देउवा प्रधानमन्त्री हुने योग बन्न लागेको छ,’– उनले भने।

अहिले बनेको गठबन्धन राम्रो समयमा नबनेको उनले बताए। अहिले बनेको गठबन्धन शनीको साढेसातीमा परेको उनको दाबी छ। देश अप्ठ्यारोमा पर्दाखेरि देउवा प्रधानमन्त्री बन्ने उनको दाबी छ। देउवाले यसअघि पनि गम्भीर मोडमा देशलाई निकास दिएको उनले बताए।

देउवा प्रधानमन्त्री बन्ने योग असार २५ गते, मंसिर र त्यो भन्दा पछाडि पनि रहेको उनले दाबी गरे।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...