News Portal

  • स्याङ्जाको हरिनास गाउँपालिकाको गाउँसभामा विवाद

    श्रीकृष्ण सिग्देल
    ३३१ पटक

    स्याङ्जा। हरिनास गाउँपालिकाको गाउँसभाको १३ औं अधिवेसनमा विवादमा परेको छ। गाउँसभामा अध्यक्ष खिमनारायण मानन्धरले एकलौटी बजेट बिनियोजन गरेको आरोप लागेपछि विवादमा परेको हो।

    वडा अध्यक्षहरुले सिफारीस गरेका योजनाहरु समेत बजेटमा नसमेटि मनोमानी ढंगले सभामा बजेट पेश भएको भन्दै वडा अध्यक्ष र सदस्यहरुले सभा बहिस्कारसमेत गरेको जानकारी दिएका छन्।

    आर्थिक बर्ष २०८०–०८१ को बजेट पेश गर्ने गाउँसभामा स्थानीय सरकार संचालन ऐन २०७४ बिपरीत अपनाउनुपर्ने प्रक्रिया समेत नअपनाएर बहुमतको दम्भ देखाउदै एकलौटी ढंगले बजेट पेस गरिएको आरोप उनीहरुको छ।

    वडा नम्बर १, २ र ५ का वडा अध्यक्षसहित १३ जनाले सदस्यले हस्ताक्षर गरेर बजेट पुन: शंसोधन गर्न माग गरेका छन्। स्थानीय सरकार संचालन ऐनको दफा ७१ को व्यवस्थालाई कार्यन्वयन गरी बजेट शंसोधन गरेर मात्रै गाउँसभा सम्पन्न गर्न उनीहरुले अनुरोध गरेका छन्।

    शंसोधन नगरी यही सभाले बजेट पास गरेर कार्यन्वयनमा गएमा अन्य प्रक्रियामा जाने चेतावनीसहित उनीहरुले अध्यक्ष मानन्धरलाई ज्ञापनपत्र बुझाएका छन्।

    गाउँपालिकामा प्रतिपक्षको रुपमा रहेको गठबन्धनका जनप्रतिनिधिले वडाबाट सिफारीस गरेका कुनैपनि योजनालाई बजेटमा नसमेटिएको आरोप छ। वडाका जनताको चाहाना विपरीत गाउँपालिका अध्यक्षले राजनीतिक आवरण देखाएर मनोमानी ढंगले प्रतिपक्षको कुनै सुनुवाई नगर्नु दुखद भएको वडा अध्यक्ष निर्मल लम्सालले बताए।

    उनका अनुसार आज पेश भएको बजेट शंसोधन नगरेमा पालिकालाई दिइने योजनाको सिफारीसमा समेत रोक लगाइने जानकारी दिए। बेलाबेलामा विवादित बन्दै आएका गाउँपालिका अध्यक्ष मानन्धरले गत आर्थिक बर्षमा पनि बजेट बिनियोजनमा बिभेद गरेका थिए।

    गाउँपालिकाको १३ औं अधिवेसनले झण्डै ४३ करोडको बजेट पशे भएको छ। गाउँपालिका उपाध्यक्ष इन्द्रकुमारी थापा रानाले १३ औं अधिवेसनमा उक्त बजेट पेश गरेकी थिइन्। बजेटको पुर्णपाठ सुनाएपछि प्रतिपक्षदल नेपाली काँग्रेस र नेकपा माओवादीका सदस्यहरुले सभा बहिष्कार गरी बाहिरीएका थिए।

    नेकपा एमाले पार्टीबाट पुन: दोस्रो पटक निर्वाचित भएका गाउँपालिका अध्यक्ष मानन्धरले आफ्ना पार्टीका कार्यकर्ताले माग गरेको आधारमा बजेट छुट्टाउदै आएको आरोप लाग्दै आएको छ।

    हरेक बिकास बजेटमा मनपरी खर्च गर्दै सदुपयोगिता भन्दा पनि कमाउ धन्दामा लिप्त रहेको आरोप स्थानीयले लगाउदै आएका छन्। उनी हरेक पटक अख्तियारको नजरमा पर्दै आएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...