News Portal

एमाले सचिव भट्टराईलाई प्रदेश नं. १ को कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थिति एवं जिल्ला प्रवेशमा निषेध!”

हिमालीसंचार संवाददाता
३७४ पटक

रविन्द्र बराल/विराटनगर – नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई पूर्वाञ्चलको प्रदेश नं. १ का कुनै पनि सार्वजनिक, राजनीतिक कार्यक्रममा सार्वजनिक उपस्थितिलाई राजनीतिक अवरोध गरिने विशेष गरेर एमाले सचिव भट्टराईको गृहजिल्ला ताप्लेजुङ प्रवेश निषेध प्रदेश नं. १ पुनः नामङ्कन संयुक्त संधर्ष समिति ताप्लेजुङले घोषणा गरेका छन् ।

पूर्वाञ्चल ताप्लेजुङका आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लिुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै एमाले सचिव भच्चराईलाई जिल्ला प्रवेशमा निषेध घोषणा गरेका हुन् । 

पूर्वाञ्चलका पहिचानवादीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ। आदिवासी जनजाति समुदायहरुलाई कानून विपरीत हिंसा गर्ने, पहिचानवादी समुदायहरुको न्यायिक आन्दोलनलाई जबरजस्त दबाउने क्रम जारी रहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेशकुमार भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका उल्लेख गरिएको छ।

उनी ‘ताप्लेजुङ जिल्लाबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले संघीयसभाको औपचारिक बैठकमा दिएको गैरजिम्मेवार हिंसात्मक अभिव्यक्तिबाट देशको सिंगो पहिचानवादी राजनीतिक दल, संघ संस्था, नागरिक समुदायसँग हामी ताप्लेजुङवासी हदैसम्म दुःखित बनेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘आम जनताहरूको राजनीतिक माग, चाहना, भावना अपेक्षाहरुलाई राज्यबाट सम्बोधन गर्न गराउन संघीय सरकारमा ताप्लेजुङको तर्फबाट एक जिम्मेवार अभिभावक बनेर गहन भूमिका निर्वाह गर्नुपर्ने ठाउँमा सामाजिक न्यायको आवाज उठाइरहेका आवाजहरुलाई दबाउने यस्तो अतिरञ्जित हिंसात्मक अभिव्यक्ति दिएर समुदाय–समुदायबीच भड्काउ, सामाजिक साम्प्रदायिक हिंसा निम्त्याउने अराजक अभिव्यक्ति संघीय सभाको बैठकबाट व्यक्त गरेका हुनाले यो अभिव्यक्तिलाई फिर्ता लिएर आम पहिचानवादीहरुसँग सार्वजनिक माफी माग्नुपर्ने छ । अन्त्यमा प्रदेश नं. १ को कुनै पनि सार्वजनिक, राजनीतिक कार्यक्रममा सार्वजनिक उपस्थितिलाई राजनीतिक अवरोध गरिने साथै गृह जिल्ला ताप्लेजुङमा प्रवेश निषेध घोषणा गरिने ब्यहोरा यसै जारी विज्ञप्तिमार्फत सन्देश दिन चाहन्छौँ ।’ उल्लेख गरिएको छ।

प्रदेश नं. १ पुनः नामङ्कन संयुक्त संधर्ष समिति ताप्लेजुङले विज्ञप्तिमा थप उल्लेख गरेका छन्। “पहिचानवादी आन्दोलनकारी जनताहरूको आत्मसम्मान, भावनालाई सरकारसँग वार्तासँगै सहजीकरण गर्नुपर्ने ठाउँमा ठिक उल्टो बाटोमा एमाले अध्यक्ष र सचिव लागेको भन्दै दुख व्यक्त समेत गरिएको छ ।”

एमाले पार्टीको नेता, कार्यकर्ता विशेष गरेर एमाले युवा संघलाई प्रतिकारमा उत्रन आव्हान जारी गर्ने जस्ता उग्रवामपन्थी गैरजिम्मेवार अभिव्यक्ति दिने काम पूर्व प्रधानमन्त्री केपी ओलीले गरिरहेको समयमा एमाले सचिव योगेशकुमार भट्टराईले पनि सोही प्रकृतिको अभिव्यक्ति दिएर आफ्नो प्राप्त मतको अपमान गरेको समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...