News Portal

एमाले अध्यक्ष केपी ओली र वामदेव गौतमको एमाले मुख्यालय च्यासलमा भेटघाट

हिमालीसंचार संवाददाता
३६८ पटक

काठमाडौं – तत्कालीन नेकपा विघटन भएपछि एमालेबाट टाढिएका नेता वामदेव गौतमले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमाले मुख्यालय च्यासलमा एक घण्टा लामो कुराकानी भेटबार्ता गरेका छन्।

एमाले मुख्यालय च्यासल पुगेका नेता गौतमसंग एक घण्टा लामो कुराकानी भएको हो । नेता गौतमले ओलीसँगको भेटपछि आफू एमालेमा सक्रिय हुन पहिला नै तयार रहे पनि केही कुरा नमिलेको बताएका छन् । उनले आफू एमालेमा खटेर काम गर्ने गरी आउने बताउँदै सलाम खान र सलाम गर्न एमालेमा नआउने उनको भनाई रहेको थियो।  

एमालेले ७० वर्षे उमेरहदलाई निलम्बन गरेपछि नेता गौतम एमालेमा सक्रिय हुने बाटो खुलेको जानकारहरुको भनाई रहेको छ । अध्यक्ष ओलीले एमालेमा सक्रिय हुन नेता गौतमलाई आग्रह गरेको बताइएको छ । 

एमालेबाट टाढिएका नेता गौतमले नेकपा एकता अभियान नामक अभियान चलाएर बसेका थिए। नेता गौमत एमालेसँग कुरा नमिले अब समाजवादी मोर्चामा सहभागी हुने रणनीतिमा छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मिलेर समाजवादी मोर्चा बनाउँदै छन्। मोर्चा भोली घोषणा हुने बताईएको छ । मोर्चाको बैठक भन्दा एक दिन अगाडी एमाले अध्यक्ष ओलीसंग उनले भेटधाट गरेका हुन्। 

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...