आज : २०२६-०७-०९, बिहीबार

एमाले अध्यक्ष केपी ओली र वामदेव गौतमको एमाले मुख्यालय च्यासलमा भेटघाट

काठमाडौं – तत्कालीन नेकपा विघटन भएपछि एमालेबाट टाढिएका नेता वामदेव गौतमले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमाले मुख्यालय च्यासलमा एक घण्टा लामो कुराकानी भेटबार्ता गरेका छन्।

एमाले मुख्यालय च्यासल पुगेका नेता गौतमसंग एक घण्टा लामो कुराकानी भएको हो । नेता गौतमले ओलीसँगको भेटपछि आफू एमालेमा सक्रिय हुन पहिला नै तयार रहे पनि केही कुरा नमिलेको बताएका छन् । उनले आफू एमालेमा खटेर काम गर्ने गरी आउने बताउँदै सलाम खान र सलाम गर्न एमालेमा नआउने उनको भनाई रहेको थियो।  

एमालेले ७० वर्षे उमेरहदलाई निलम्बन गरेपछि नेता गौतम एमालेमा सक्रिय हुने बाटो खुलेको जानकारहरुको भनाई रहेको छ । अध्यक्ष ओलीले एमालेमा सक्रिय हुन नेता गौतमलाई आग्रह गरेको बताइएको छ । 

एमालेबाट टाढिएका नेता गौतमले नेकपा एकता अभियान नामक अभियान चलाएर बसेका थिए। नेता गौमत एमालेसँग कुरा नमिले अब समाजवादी मोर्चामा सहभागी हुने रणनीतिमा छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मिलेर समाजवादी मोर्चा बनाउँदै छन्। मोर्चा भोली घोषणा हुने बताईएको छ । मोर्चाको बैठक भन्दा एक दिन अगाडी एमाले अध्यक्ष ओलीसंग उनले भेटधाट गरेका हुन्।