News Portal

मोरङको आधारभूत विधालयले ४१औं स्थापना दिवस मनायो, भवनको सुधारदेखि अक्षय कोषको स्थापना

हिमालीसंचार संवाददाता
३०२ पटक

रविन्द्र वराल/मोरङ – मोरङको कटहरी गाउँपालिका-४ स्थित खयरबनामा वि.स. २०३९ सालमा स्थापना भएको श्री आधारभूत विद्यालय खयरबनाले आफ्नो ४१औं स्थापना दिवस मनाएको छ। बिधालयको प्रागंनमा एक कार्यक्रमको आयोजना गर्दे ४१औं  बार्षिक उत्सव मनाएको हो।

आयोजित कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष  देवराज चौधरी, विशिष्ट अतिथि सितादेवी राजवंशी, गाउँपालिका अधिकृत रोहिणी आचार्य, शिक्षा साखा प्रमुख  द्रोण प्रसाद पोखरेल, विराटनगर राउण्ड टेवल नं. १० का भास्कर सोनी, समाज सेवि विद्यानन्द माझी, शम्भु सापकोटा, बिधालयका प्रधानाध्यापक बलवहादुर बस्नेत, बिधालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र मुसहर, शिक्षकहरु, अभिभावक र स्थानीय लगायतको उपस्थिति रहेको थियो। 

बिधालयले कक्षागत प्रथम, दिद्वित र तृतीय हुने तथा  छात्र-छात्राहरुलाई कलम, कापी, पेन्सिल ज्यमिति बक्स लगायत शैक्षिक सामाग्री वितरण गरिएको थियो । 

अभिभावक भेलामा बिधालयको प्रतिवेदन बिधालयका प्रधानाध्यपक बलबहादुर बस्नेतले प्रस्तुत समेत गरेका थिए ।  शिक्षिका तथा बालबालिकाहरुले अथितिहरुलाई विभिन्न गीतहरुमा नृत्य गरेर मनोरञ्जन समेत गराएका थिए । कार्यक्रममा राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत दुई कोठे भवन उद्घाटन समेत गरिएको थियो । 

जेहेन्दार तथा अनुसाशित छात्रवृत्तिको समेत स्थापना स्व. बद्रीनारायण माझी र स्व. शहरीदेवी माझी स्मृतिमा छोरा  विद्यानन्द माझीले नगद १ लाख ५१ हजारको अक्षयकोषको स्थापना गरेका थिए। बिधालयका प्रधानाध्यापक बलवहादुर बस्नेतले जिम्मेवारी लिएपछि बिधालयमा पठनपाठनदेखि भवन निर्माण लगायत सबै पक्षको परिवर्तन भएको सहभागीहरुले बताएका थिए ।  

प्रधानाध्यापक बलबहादुर बस्नेतले बिधालयमा  आफू र सम्पुर्ण शिक्षक कर्मचारीहरुका लागि बस्ने कुर्सी आफ्नै लागतबाट  खरिद गरेका छन । बिगतका दिनहरुमा बिधालयको प्राङ्गणमा चारैतिर फोहर, झोडी र भवन समेत जिर्ण अवस्थामा रहेको र बर्षाको समयमा कक्षा कोठामा पानी छिर्ने र बिधालय छुट्टी दिनु पर्ने बाध्यता रहेको  थियो। 

बिधालयमा विराटनगर प्राइम राउन्ड टेवल नम्बर १० को सहयोगमा करिब १० लाख रुपैयाँ बराबरको लागतमा जिर्ण रहेको स्कुलमा रंगरोगन, विद्धुतिकरण गरिए पश्चात् सिकाईमा सहज वातावरण बन्दै गएको छ। राउन्ड टेबलले नै प्रत्येक वर्ष विद्यार्थीहरुलाई विद्यालय पोशाक, जुत्ता, झोला र स्टेसनरीका सामाग्री उपलब्ध गर्दै आएको जानकारी समेत गराए।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...