News Portal

मिनिल्याण्ड स्कुलले निर्वाचन प्रणालीद्वारा बिद्यालयको क्याप्टेन र भाइस क्याप्टेन चयन गऱ्यो

हिमालीसंचार संवाददाता
३०५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका- ७ स्थित रहेको मिनिल्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कूलले निर्वाचन प्रणाली किन र केका लागि गरिन्छ भन्ने बिषयमा बिधार्थीहरुलाई जानकारी गराउनुका साथै निर्वाचन नै गरेर बिधार्थीहरुलाई जानकारी गराए ।

बिधालयले निर्वाचन प्रणालीबाट बिधालयको क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन, हाउस भाइस क्याप्टेनको छनौट समेत गरेका छन् । 

बिधालयले कितावको ज्ञान मात्रै नभएर व्यवहारीक ज्ञान समेत दिलाउने उदेश्यका साथ बिधार्थीहरुलाई निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया पुरा गरेर निर्वाचनमा सहभागी गराएका हुन। कक्षा १० मा अध्ययनरत विधार्थीहरुलाई निर्वाचन गराउने जिम्मेवारी  दिएको बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए । 

निर्वाचन सम्बन्धी कुराहरु पाठ्यपुस्तकमा पढेर मात्र भन्दा पनि निर्वाचन नै गराउन पाएकोमा खुशी ब्यक्त गर्दै निर्वाचनमा अधिकृत भएर खटिएका विधार्थी आदित्य मेहताले बताए। निर्वाचनवाट स्कूल क्याप्टेन प्रिन्स साह, स्कुल भाइस क्याप्टेन मो फ्रोजा, रेड हाउस क्याप्टेन दर्श अग्रवाल रेड हाउस भाइस क्याप्टेन तनुजा साह एल्लो हाउस क्याप्टेन जिज्ञासा राजबंशी  एल्लो हाउस भाइस क्याप्टेन प्रितेस ठाकुर ब्लु हाउस क्याप्टेन शुसान्त पुरी ब्लु हाउस भाइस क्याप्टेन सेविका मण्डल ग्रिन हाउस क्याप्टेन विभव कार्की ग्रिन हाउस भाइस क्याप्टेन अभिनभ खाती निर्वाचित भएका छन्। 

निर्वाचनमा कक्षा-४ देखि कक्षा-९ सम्मका ४ सय ९१ विधार्थीले मतदानमा भग लिएका थिए । निर्वाचित विधार्थीहरुलाई विधालयले एक कार्यक्रम गरी शपथ खुवाउँदै विधालयको पदीय ब्याच वितरण गरेको छ। सोहि समारोहमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई विधालयले स्वागत समेत गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...