News Portal

मिनिल्याण्ड स्कुलले निर्वाचन प्रणालीद्वारा बिद्यालयको क्याप्टेन र भाइस क्याप्टेन चयन गऱ्यो

हिमालीसंचार संवाददाता
३४१ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका- ७ स्थित रहेको मिनिल्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कूलले निर्वाचन प्रणाली किन र केका लागि गरिन्छ भन्ने बिषयमा बिधार्थीहरुलाई जानकारी गराउनुका साथै निर्वाचन नै गरेर बिधार्थीहरुलाई जानकारी गराए ।

बिधालयले निर्वाचन प्रणालीबाट बिधालयको क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन, हाउस भाइस क्याप्टेनको छनौट समेत गरेका छन् । 

बिधालयले कितावको ज्ञान मात्रै नभएर व्यवहारीक ज्ञान समेत दिलाउने उदेश्यका साथ बिधार्थीहरुलाई निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया पुरा गरेर निर्वाचनमा सहभागी गराएका हुन। कक्षा १० मा अध्ययनरत विधार्थीहरुलाई निर्वाचन गराउने जिम्मेवारी  दिएको बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए । 

निर्वाचन सम्बन्धी कुराहरु पाठ्यपुस्तकमा पढेर मात्र भन्दा पनि निर्वाचन नै गराउन पाएकोमा खुशी ब्यक्त गर्दै निर्वाचनमा अधिकृत भएर खटिएका विधार्थी आदित्य मेहताले बताए। निर्वाचनवाट स्कूल क्याप्टेन प्रिन्स साह, स्कुल भाइस क्याप्टेन मो फ्रोजा, रेड हाउस क्याप्टेन दर्श अग्रवाल रेड हाउस भाइस क्याप्टेन तनुजा साह एल्लो हाउस क्याप्टेन जिज्ञासा राजबंशी  एल्लो हाउस भाइस क्याप्टेन प्रितेस ठाकुर ब्लु हाउस क्याप्टेन शुसान्त पुरी ब्लु हाउस भाइस क्याप्टेन सेविका मण्डल ग्रिन हाउस क्याप्टेन विभव कार्की ग्रिन हाउस भाइस क्याप्टेन अभिनभ खाती निर्वाचित भएका छन्। 

निर्वाचनमा कक्षा-४ देखि कक्षा-९ सम्मका ४ सय ९१ विधार्थीले मतदानमा भग लिएका थिए । निर्वाचित विधार्थीहरुलाई विधालयले एक कार्यक्रम गरी शपथ खुवाउँदै विधालयको पदीय ब्याच वितरण गरेको छ। सोहि समारोहमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई विधालयले स्वागत समेत गरेको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...