News Portal

कोशी प्रदेशको राजधानी विराटनगर अनिश्चितकालका लागि निषेधाज्ञा जारी

हिमालीसंचार संवाददाता
७३७ पटक

रविन्द्र वराल/विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगर अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ। प्रदेश सरकारले कोशी प्रदेश नामकरण गरेपछि पूर्वका पहिचानबादीहरुले कोशी प्रदेश खारेजीको माग सहित आन्दोलनमा रहेका छन्। पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगरका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले शान्ति-सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ।

गत फागुन १७ गतेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश १ नम्बरको राजधानी विराटनगरमा पहिचानबादीहरुले प्रदर्शन गरिरहेका छन्। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्। 

शान्ति-सुरक्षामा असर पर्ने भएकाले विराटनगरका निश्चित क्षेत्रमा सभा, जुलस, धर्ना, भेला लगायतको कार्यक्रम गर्न निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

जिल्ला प्रशासन कार्यालयले भनेको छ, ‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०८०– २– १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ।’

निषेधित क्षेत्र तोकिएका स्थानमा प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म छन्।

कोशी नामकरणविरूद्ध विराटनगरमा मार्च पास: कोशी नामकरणविरूद्ध प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति संबद्ध युवाहरूले शुक्रबार विराटनगरमा मार्च पास गरेका छन्। फागुन १७ मा प्रदेशको नाम कोशी राखेपछि यहाँ आन्दोलन जारी छ। जेठ १४ देखि सुरू हुने कोशी प्रदेश सभाको बजेट अधिवेशनलाई लक्ष्य गर्दै समितिले आन्दोलन घोषणा गरेको हो। पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गर्नुपर्ने आन्दोलनकारीको माग छ।

आन्दोलनकारीलाई राज्यको शक्तिको दुरुपयोग गर्दै संघीयता विरोधि कार्यको लागी दमन गर्न उत्रीए पछि १४ गतेको प्रदेश सभाको वैठकलाई आन्दोलनको मागलाई सम्बोधन नगरेसम्म वैठ्क बस्न नदिने शान्तिपुर्ण आन्दोलन स्वरुप आज केन्द्रिय युवा दस्ता स्वरुप “पहिचानको लागी युवा” घोषणा गर्दै विराटनगरमा मार्च पास सहित कोणसभा कार्यक्रम भएको छ। 

हामी बजेट विरोधि, विकास विरोधि , निति तथा कार्यक्रम विरोधि कदापि होइनौं। तर पहिचान विरोधि, संघीयता विरोधि, प्रदेश विरोधि, सम्विधान विरोधि हिक्मत कार्किहरुले सरकारमा रहेर राज्यशक्तिको दुरुपयोग गर्दै जनतामाझमा द्वन्द्वलाई बढाउदै जनताको जायज मागलाई सम्बोधन नगरी जबर्जस्ति प्रदेश सभा चलाउन खोजेमा हाम्रा ६२ वटा संघर्ष समितिलाई त्यो कदापि मान्य हुनेवालामा छैन। 

खबरदार ! 

प्रदेशको नाम “कोशी” मन्जुर छैन।

भारतीय विस्तारवादी नाम “कोशी” मान्दैनौं।

प्रतिकृया दिनुहोस्

इलाम यातायात कार्यालयमा अनियमितता: परीक्षण विना सवारी जाँचपास, मोटो रकम असुलीको आरोप

काठमाडौँ-देशभरका सरकारी कार्यालयमा सुधार ल्याउने प्रयास भइरहेका बेला इलामस्थित यातायात व्यवस्था सेवा कार्यालयमा भने गम्भीर...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...