News Portal

सोनु मुर्मू र विनिता सिंहलाई फिर्ता बोलाउने जनमत पार्टीको निर्णय

हिमालीसंचार संवाददाता
२४२ पटक

काठमाडौं। जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै सांसद पदबाट निष्काशन गरी फिर्ता बोलाउने निर्णय भएको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए।

उनले भने, ‘उहाँहरू पार्टीको चेन अफ कमाण्डमा नबसेको र संसद्मा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण कारबाहीको लागि सिफारिस गरिएको हो। अनुशासन विभागमा यो विषय राखिएको छ।’ पार्टी अध्यक्ष डा. सीके राउतको नेतृत्वमा रहेको अनुशासन विभागले सो विषयमा निर्णय गर्ने पनि उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...