News Portal

मोरङको रंगेलीमा राष्ट्रिय स्वतन्त्र पार्टीले टोल समिति विस्तार गऱ्यो

हिमालीसंचार संवाददाता
३५९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा राष्ट्रिय स्वतन्त्र पार्टीले टोल समिति विस्तार गरेको छ। नगरमा पहिलो पटक आफ्नो टोल समिति विस्तार गरेको टोल समितिले जनाएको छ।

नेपाली राजनीतिमा पछिल्लो समयमा पुराना पार्टीहरुले देशमा निकास दिनुका साटो राजनीतिलाई व्यवसायिकारण गरिरहेको सन्दर्भमा बैकल्पिक शक्तिको रुपमा रुपान्तरित हुदै अधि बढीरहेको पार्चीले रंगेलीमा पार्टीले टोल समिति गठन गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीले गाउँ-गाँउमा टोल समिति गठन गर्ने कार्यलाई अगाडि बढाउदै गईरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रंगेली नगरपालिकाको वडा नम्बर-३ स्थित ववियाविर्तामा आफ्नो टोल समिति बिस्तार गरेको छ । 

आयोजित कार्यक्रममा ठगेन्द्र न्यौपाने, नेत्र शिवाकोटी, रमेशचन्द्र अधिकारी, रबिन्द्र पाण्डे, दुर्गा प्रसाद रेग्मी लगायत ४० जनाको  उपस्थितिमा पार्टीको अध्यक्षमा दिलबहादुर गुरुङ, उपाध्यक्ष इन्दिरा पुरी, सचिव, सरोज पाण्डे, रबिन्द्रकुमार पाण्डे, सदस्य रमेश चौधरी, जीवन थापा, मन वहादुर मगर लागायतको एक बृहत वडा समिति गठन गरेका छन्। रासपाले पहिलो चरणमा ७ सदस्यीय समिति गठन गरेको रासपाका सदस्य दुर्ग प्रसाद रेग्मीले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

इलाम यातायात कार्यालयमा अनियमितता: परीक्षण विना सवारी जाँचपास, मोटो रकम असुलीको आरोप

काठमाडौँ-देशभरका सरकारी कार्यालयमा सुधार ल्याउने प्रयास भइरहेका बेला इलामस्थित यातायात व्यवस्था सेवा कार्यालयमा भने गम्भीर...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...