News Portal

एमालेबाट विद्रोह नै गरेका हौँ : नेता गोइत

हिमालीसंचार संवाददाता
२७४ पटक

जनकपुरधाम। नेकपा एसका नेता तथा मधेश प्रदेशका सांसद रत्नेश्वर लाल गोइतले एमालेबाट आफूहरू विभाजन नभई विद्रोह गरेर निस्केको बताएका छन्।

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै नेता गोइतले विद्रोह एकजनाले मात्र पनि गर्न सक्ने र त्यसको पनि अर्थ हुने बताउँदै नेकपा एसले धेरै कुरा प्रमाणित गरिदिएकाले अझै घमण्ड नगर्न एमालेका नेताहरुलाई आग्रह गरे।

प्रदेशसभा सदस्य गोइतले जीवनभरिको पसिना, मेहनत, जवानी र सम्पूर्ण जीवननै संर्घष गरेको पार्टी कसैले विभाजन गर्न नचाहने बताउँदै आफूहरू विद्रोह गरेको ठोकुवा गरे।

सो अवसरमा उपस्थित संगठनका नेतृत्वकर्ता अगुवाहरूले नेकपा एस सिद्धान्त र उद्देश्यबाट विचलित हुन नहुने भन्दै कर्मचारीहरू अठोटका साथ अघि बढ्न आवश्यक रहेको नेता गोइतले बताए।

उनीहरूले हामी सरकारी कर्मचारीहरूलाई जनताले कसरी हेरेको छ भन्ने कुराको हेक्का राखेर काम गर्न आगवश्यक रहेको पनि बताए। अधिवेशनबाट संगठनको मधेश प्रदेश स्तरीय नयाँ कार्यसमिति चयनसमेत गरेका छन्।

अध्यक्षमा तुलाकृष्ण गोइतलगायत २९ जनाको कार्यसमिति चयन गरिएको हो।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...