News Portal

नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्दसहित आन्दोलनका कार्यक्रम फिर्ता

हिमालीसंचार संवाददाता
२४५ पटक

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले पूर्वघोषित नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीलाई टिकापुर घटनामा दोषी मान्दै सर्वोच्च अदालतले जन्मकैदको फैसलालाई सदर गरेपछि पार्टीले आन्दोलनका चरणबद्ध कार्यक्रमहरु घोषणा गरेको थियो ।

पार्टीद्वारा २०७२ को टिकापुर घटनाको अनुसन्धानपछि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै गरेको जेठ ३, ४, ५ गते मसाल जुलुस र ६ गतेदेखि नेपाल बन्दसम्मका कार्यक्रम फिर्ता गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

शुक्रबारको संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने तथा फैजदारी विधेयक संसदमा टेवुल भइसकेकोले टिकापुर घटना लगायतका अन्य राजनीतिक घटनाका बन्दीहरुलाई रिहाइ गर्न कानून संसोधन गर्ने कुरा बताएपछि त्यसलाई सकारात्मक मान्दै पार्टीले पूर्वघोषित बन्दका सबै कार्यक्रम फिर्ता लिएको हो ।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...