News Portal

संसदमा नाराबाजी गर्दै राप्रपाका सांसदले भने– हामीले पनि लुगा खोल्नुपर्ने भो ?

हिमालीसंचार संवाददाता
२९३ पटक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । सभामुखले आकस्मिक समयमा बोल्न समय नदिएपछि राप्रपाका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् ।

नाराबाजीका क्रममा सांसदहरुले हामीले पनि कपडा खोल्नुपर्ने अवस्था आएको हो भन्दै सभामुखलाई प्रश्न गरे ।

राप्रपाका सांसद दीपकबहादुर सिंहले भने, ‘अब के हामीले पनि लुगा खोल्नुपर्ने भयो सभामुख महोदय ? यो हो तरिका ? हामीले हाम्रो कुरा राख्न नपाउने ?’

यसअघि सोमबार बोल्ने समय नपाएपछि स्वतन्त्र सांसद अमरेश कुमार सिंहले लुगा खोलेर विरोध जनाएका थिए ।

राप्रपाका सांसदहरुले लगातार नाराबाजी गरेपछि सभामुखले १५ मिनेटका लगि प्रतिनिधिसभा बैठक स्थगित भएको घोषणा गरे ।

प्रतिकृया दिनुहोस्

इलाम यातायात कार्यालयमा अनियमितता: परीक्षण विना सवारी जाँचपास, मोटो रकम असुलीको आरोप

काठमाडौँ-देशभरका सरकारी कार्यालयमा सुधार ल्याउने प्रयास भइरहेका बेला इलामस्थित यातायात व्यवस्था सेवा कार्यालयमा भने गम्भीर...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...