News Portal

जनताको आवाज उठाउन नदिएपछि मसँग अरू विकल्प थिएन : सांसद अमरेशकुमार

हिमालीसंचार संवाददाता
२५० पटक

काठमाडौँ। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई सभामुखले बोल्न नदिएपछि बाध्य भएर अर्ध वस्त्र भएको बताएका छन्।

सांसद सिंहले आफूले पटक पटक सभामुखसँग समय माग्दा पनि समय नपाएको यस्तो गरेको उनले बताए।

उनले भने, ‘मैले सभामुखलाई पहिला नै बोल्न दिनुस् भनेको थिएँ। तर मलाई बोल्न दिइएन। नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षले दबाब दिएर बयान परिवर्तन गरेको विषयमा मैले बोल्न खोजेको थिएँ । मलाई जनताको आवाज उठाउन नदिएपछि मसँग अरू विकल्प थिएन। म अर्ध वस्त्र भएकै हो।’

अर्ध वस्त्र भएर विरोधको पराकाष्ठा देखाएकोमा आफूलाई पछुतो नरहेको उनले बताए।

उनले भने, ‘अर्ध वस्त्र भएको कारण जस्तोसुकै सजाय दिए भोग्न तयार छु।’

 

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...