News Portal

संसद अधिवेशन प्रधानमन्त्री नियुक्तिका लागि मात्रै भयोः रवीन्द्र मिश्र

हिमालीसंचार संवाददाता
२८१ पटक

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार मध्यरातिबाट अन्त्य भएको संसद अधिवेशनमा प्रधानमन्त्री नियुक्ति बाहेकका काम हुन नसकेको बताएका छन्।

शनिबार माइतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो बताएका हुन्।

उनले विवेक हराएर निदाएका नेताहरूलाई विवेक जगाउन महावीर पुनले गरेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्ण समर्थन र साथ रहने प्रतिवद्धता जनाए।

उनले सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न आवश्यक रहेको बताए। उनले आविष्कार क्षेत्रलाई प्रवद्र्धन नगरी कुनैपनि देश आर्थिक रुपमा अघि बढ्न नसक्ने पनि स्पष्ट पारे। उनले भने, ‘विवेक हराएर निदाएका नेताहरुलाई विवेक जगाउन उहाँ रातभर आएर सडकमा सुत्नुभयो। त्यसको धेरै ठूलो प्रतिकात्मक अर्थ छ। उहाँ युवाको प्रेरणाको पात्र हुनुहुन्छ, सरकारले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ। बजेट आउनुअघि सरकारलाई दबाब दिन आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न दबाब दिनुभएको छ, यो एकदमै राम्रो छ। हामी राप्रपाका सबै साथीहरु उहाँलाई समर्थन गर्न तयार छौँ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले अयोग्य लडाकुलाई सीपको सट्टा पैसा बाँड्ने काम कुनै हालतमा सह्य नहुने बताए। उनले भएका प्राकृतिक सम्पदाको दोहन‍ गर्न बजेट छुट्याउने तर आविष्कारको प्रवद्र्धनका लागि बजेट नछुट्याउनु सरकारको लापरबाही रहेको बताए।

उनले भने,’अयोग्य लडाकुलाई सीप दिनुको साटो पैसा दिने, देशमा हुनै नसक्ने ठाउँमा डाँडाकाँडा काट्नलाई हुनै नसक्ने ठाउँमा डोजर चलाउन विभिन्न नेताको दबाबमा डाँडा काट्न पैसा दिने, बजेट छर्ने जुन अवस्था देखियो, त्यसको परिप्रेक्ष्यमा उहाँको माग सान्दर्भिक छ। आविष्कार क्षेत्रलाई प्रवद्धन नगरी कुनैपनि देश आर्थिक रुपमा अघि बढ्न सक्दैन। सबै राजनीतिक दलका नेताहरू पनि यहाँ आउनुपर्छ। चलेको संसदमा प्रधानमन्त्री नियुक्ति गर्ने बाहेक कुनै काम भएन। वार्ताबाट अहिले यो विषय कसरी उजागर हुन्छ।’

राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले राखेका मागहरुको समर्थन गर्नका लागि राप्रपाका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीसहितका नेताहरु माईतीघर पुगेका थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...