News Portal

एमाले सांसद कोइरी बिरामी होइन, फरार अभियुक्त हो : रवि लामिछाने

हिमालीसंचार संवाददाता
२२९ पटक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको टिप्पणी गरेका छन्।

विगतमा आफू गृहमन्त्री हुँदा समेत प्रश्न उठेको उल्लेख गर्दै संसद बैठकमा लामिछानेले फरार अभियुक्तलाई बिरामी भन्न नसकिने बताए।

‘उहाँ बिरामी परेको होइन। फरार अभियुक्त हो। भाग्नुभएको अभियुक्त हो,’ पूर्व गृहमन्त्री लामिछानेले भने, ‘सालोले भारतमा रहेको जानकारी म गृहमन्त्री हुँदा दिएका थिए।’

‘उनको तस्वीर छ, सुरक्षा निकायलाई उपलब्ध गराउन सक्छु। फरार अभियुक्तलाई विरामी भएको भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही हुँदैन। यो हास्यांपद श्रृङ्खला बन्द गर्नुपर्दछ’, लामिछानेले भने, ‘राजनीतिका नाममा लाजनीति संसदमा नचलोस्। विरामीको संज्ञा दिएर भद्धा मजाक नगरियोस्।’

सभामुख देवराज घिमिरेका अनुसार कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित छन्। स्वास्थोपचारमा रहको भनी कोइरीले संसद सचिवालयलाई जानकारी गराएका छन्।

सोही अनुसार उनको अनुपस्थिति अनुमोदनका लागि प्रस्तुत भएपछि रास्वपा सभापति लामिछानेले विरोध गरेका हुन्।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...