News Portal

गण्डकीमा सरकार गठनका लागि आह्वान

हिमालीसंचार संवाददाता
१९२ पटक

प्रतीक्षा काफ्ले, कास्की। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार गठनका लागि आह्वान गरेका छन्। संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार सरकार गठन गर्नका लागि बहुमतले दाबी पेस गर्न मंगलबार आह्वान गरेका हुन्। प्रदेश प्रमुखकाे कार्यालयले ३ दिनकाे समय दिएकाे छ।

एमाले नेतृत्वकाे सरकार ढलेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएकाे हाे। सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसदकाे गठबन्धन छ। गण्डकीमा सरकारकाे नेतृत्व कांग्रेसले लिने कि माओवादीले लिने भन्ने विषयमा टुंगाे नलाग्दा सरकार गठनका लागि ढिला भएकाे थियाे।

केन्द्रमा दुई दलबीच आलाेपालाे गर्ने सहमति भए पनि पहिला नेतृत्व कुन दलले लिने भन्ने दलबीच अनाैपचारिक सहमति भएपछि गण्डकीमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएकाे प्रदेश प्रमुख गुरूङका प्रेस संयाेजक माधव रेग्मीले बताए।

६० प्रदेशसभा सदस्यमा सरकार गठनका लागि ३१ सांसदकाे आवश्यक पर्दछ। गण्डकीमा सबैभन्दा ठूलाे दलकाे हैसियतले कांग्रेसकाे २७, सभामुखसहित माओवादीकाे ८, एमालेकाे २२, राप्रपाकाे २ सिट र स्वतन्त्र सांसदकाे सहभागिता रहेकाे छ।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...