News Portal

गण्डकीमा सरकार गठनका लागि आह्वान

हिमालीसंचार संवाददाता
२२१ पटक

प्रतीक्षा काफ्ले, कास्की। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार गठनका लागि आह्वान गरेका छन्। संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार सरकार गठन गर्नका लागि बहुमतले दाबी पेस गर्न मंगलबार आह्वान गरेका हुन्। प्रदेश प्रमुखकाे कार्यालयले ३ दिनकाे समय दिएकाे छ।

एमाले नेतृत्वकाे सरकार ढलेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएकाे हाे। सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसदकाे गठबन्धन छ। गण्डकीमा सरकारकाे नेतृत्व कांग्रेसले लिने कि माओवादीले लिने भन्ने विषयमा टुंगाे नलाग्दा सरकार गठनका लागि ढिला भएकाे थियाे।

केन्द्रमा दुई दलबीच आलाेपालाे गर्ने सहमति भए पनि पहिला नेतृत्व कुन दलले लिने भन्ने दलबीच अनाैपचारिक सहमति भएपछि गण्डकीमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएकाे प्रदेश प्रमुख गुरूङका प्रेस संयाेजक माधव रेग्मीले बताए।

६० प्रदेशसभा सदस्यमा सरकार गठनका लागि ३१ सांसदकाे आवश्यक पर्दछ। गण्डकीमा सबैभन्दा ठूलाे दलकाे हैसियतले कांग्रेसकाे २७, सभामुखसहित माओवादीकाे ८, एमालेकाे २२, राप्रपाकाे २ सिट र स्वतन्त्र सांसदकाे सहभागिता रहेकाे छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...