News Portal

प्रचण्ड सरकार असफल भए माओवादी सकिन्छ: दीपशिखा

हिमालीसंचार संवाददाता
२०८ पटक

काठमाडौं। नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार असफल भए माओवादी सकिने टिप्पणी गरेका छन्।

सरकारको अहिलेको कार्यसम्पादनप्रति सन्तुष्ट हुन नसकिरहेको उनको भनाई छ। उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको ध्यानाकर्षण भन्दै फेसबुकमा लेखेका छन्, ‘सरकार असफल हुँदा माओवादी पनि सकिन्छ, जुन उचाइबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भइरहेको छैन।’

ढ्याउ गरेर डकारिरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ नबोक्ने उनको बुझाई छ। ‘यतिबेलामात्रै सरकार सफल हुन्छ जतिबेला जनता, कार्यकर्ता र नेतालाई आफ्नो जस्तो लाग्छ। ढ्याउ गरेर डकारिरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ बोक्दैन है’, उनले भनेका छन्।

नेतृत्वप्रति आफ्नै हुन् भने बस्दा अस्तित्व नै समाप्त हुनेतिर उन्मुख भएकाले अब बोल्नुपर्ने समय आएको उल्लेख गरेका छन्। ‘अब बोल्न सुरू गर्नुपर्छ। नबोल्दा र आफ्नै हुन् भनी सहँदा अस्तित्व नै समाप्त हुनेतिर उन्मुख भयो। बढी भए अर्थ न बर्थको जिम्मेवारीबाट मुक्त होइन्छ। अरू कै नै जान्छ र ?’ उनले भनेका छन्।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...