News Portal

उपेन्द्र यादव ४ हजारभन्दा बढी मत अन्तरले अगाडि

हिमालीसंचार संवाददाता
२३१ पटक

काठमाडौं। बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ। सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन्।

करैयामाई र सुवर्ण गाउँपालिकाको मत गणना सकिंदा यादव ४ हजार ४ सयभन्दा बढी मत अन्तरले अगाडि छन्। यादवले १२ हजार ११९ मत पाउँदा उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ७ हजार ६९३ मत पाएका छन्। यादव र कुशवाहबीचको मतअन्तर ४ हजार ४२६ छ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ३२८ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेश खरेलले १९४१ मत पाएका छन्।

प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण कुमार ज्ञवालीले ६२० मत पाएका छन्। अहिले गढीमाई नगरपालिका र पचरौता नगरपालिकाको मतगणना जारी छ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जसपाका उम्मेदवार राम सहाय प्रसाद यादव निर्वाचित भएका थिए। उनी उपराष्ट्रपति बनेपछि रिक्त भएको सांसद पदपूर्तिका लागि वैशाख १० गते उपनिर्वाचन भएको थियो।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...