News Portal

चितवन-२ मा एमाले उम्मेदवार न्यौपानेको सुरुवाती अग्रता (अपडेट)

हिमालीसंचार संवाददाता
२६२ पटक

काठमाडौँ। चितवन-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। आज मध्याह्न २ बजेदेखि चितवन उद्योग वाणिज्य सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका हुन्।

इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को मतपत्र मिसाएर गणना सुरु गरिएको हो। इच्छाकामना गाउँपालिका-१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन्।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा छन्।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको निर्णयबाट सांसद पदसमेत खारेज भएपछि उपनिर्वाचन भएको हो।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...