News Portal

संसदीय व्यवस्था असफल भयाे : विप्लव

हिमालीसंचार संवाददाता
२१८ पटक

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको टिप्पणी गरेका छन्। नेपाली जनतालाई धेरै निराश र लज्जित बनाउने काम गरेकाले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको जिकिर उनले गरे।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले देशलाई स्वाधीन र नागरिकलाई मालिक बनाउनका लागि वैज्ञानिक समाजवादको विकल्प नभएको बताए।

त्यसका लागि बहसमा जुट्न उनले अरू कम्युनिस्ट पार्टीलाई आग्रह पनि गरे। जनताको शासनसत्ता ल्याउनका लागि आफ्नो पार्टीले अरू कम्युनिस्ट पार्टीसँग खुला बहस गर्न चाहेको उनले बताए।

रुसमा लेलिनको नेतृत्वमा गरिएको रुसी क्रान्तिको स्मरण गराउँदै उनले नेपालमा पनि निराश जनतालाई माथि उठाउन जनवादी सत्ता ल्याउनुको विकल्प नभएको दोहोर्‍याए।

“आजको संसदीय व्यवस्था असफल भयो। सफल छैन। नेपाली जनतालाई यति धेरै निराश, यति धेरै लज्जित यो व्यवस्थाले बनाइराखेको छ। त्यसैले हामीले योबाट अगाडि बढाउनका लागि नयाँ आधारमा बहस खोजौँ,” उनले भने, “छलफल गरौँ। हाम्रो यो दृष्टिकोण हो। जनतालाई स्वाधीन बनाउनु छ भने जनताको सत्ताबाहेक अरूबाट सम्भव छैन।”

वैदेशिक रोजगारी भित्र्याएर नेपाली जनतालाई पराधीन बनाउने कामको सुरुआत नेपाली कांग्रेसले गरेको आरोप उनले लगाए।

प्रतिकृया दिनुहोस्

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको...