News Portal

सरकारको अयोग्यताले देशमा समस्या उत्पन्न भयो : गोकर्ण विष्ट

हिमालीसंचार संवाददाता
२५४ पटक

विकास तिमल्सिना, काभ्रे। नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारको अयोग्यताले देशमा समस्या उत्पन्न भएको बताउनुभएको छ।

भुम्लु गाउँपालिकामा मिसन ग्रासरुट अभियान अनतर्गत आयोजित जन वर्गिय संगठनहरुको वृहत भेला तथा पार्टी स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत सत्ता साझेदार दलहरुमा राजनीतिको सम्पूर्ण उदेश्य सत्तामा पुग्ने र स्रोत साधन दुरुपयोग गर्ने मान्यता रहेको उहाँको भनाइ थियो।

यो विकृति नै नेपाली समाज परिवर्तनको बाधक बनेको उहाँले बताउनुभयो । पुर्वमन्त्री समेत रहनुभएका एमाले सचिव विष्टले जबसम्म नेकपा एमालेले बहुमत प्राप्त गर्न सक्दैन तबसम्म देशले समृद्धि र जनताले सामाजिक न्याय प्राप्त गर्न नसक्ने दाबी समेत गर्नुभयो।

नेकपा एमालेले परिवर्तनको अगुवाइ गरेको उहाँको तर्क छ । देशभित्र र देशबाहिरका कम्युनिष्ट पार्टी विरोधी शक्तिहरुले नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न लगातार नेकपा एमालेमाथि हमला गरिरहेका उहाँले बताउनुभयो।

यद्यपि जनताको व्यापक साथ र सहयोग एमालेले प्राप्त गरिरहेको उहाँको स्पष्ट पार्नुभयो । नेकपा एमालेसँग एक्लै चुनाव लड्ने आँट नेपालका कुनै पनि राजनीतिक दलसँग नरहेको समेत उहाँको दाबी छ । माओवादीले र कांग्रेस एक्लाएक्लै चुनाव लड्ने हो भने ५ वटा क्षेत्र पनि नजित्ने समेत उहाँले बताउनुभयो।

वर्तमान सरकारले वृद्धभत्ता, सामाजिक सुरक्षा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम कटौती गर्ने प्रयत्न सरकारले गरेको भन्दै सचिव विष्टले यसका विरुद्ध सरकारलाई खबरदारी गर्नुपर्ने समय आएको बताउनुभयो । सरकारले विकास र समृद्धिको कुरा सुन्नै नचाहेको उहाँको तर्क छ।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सरकार छिट्टै परिवर्तन हुने संकेत पनि गर्नुभएको छ । उहाँले भन्नुभयो, आयो दुई दिनको रामछायाँ देखायो छिट्टै जानेवाला छ । जनताको पक्षमा काम नगर्नेहरु विदा हुनुपर्छ।

सचिव विष्टले अरुको वैशाखी टेकेर सरकारमा गएकाहरुले पनि जनताको बारेमा नसोचेको बताउनुभएको छ। कार्यक्रममा एमाले केन्द्रिय सदस्य नारायण सिलवाल, प्रदेश कमिटी सदस्य कुमार खकुरेल, जिल्ला कमिटी उप–सचिव रिता ढकाल, एमाले जिल्ला सचिवालय सदस्य एवं भुम्लु कमिटी इन्चार्ज प्रेम लामा, गाउँ कमिटी अध्यक्ष लोक बहादुर कुँवर लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...