News Portal

विद्युतीय हाजिरी गर्दैनन् वामदेव गौतम

हिमालीसंचार संवाददाता
२८६ पटक

काठमाडौं। राष्ट्रिय सभाले सांसदहरूलाई विद्युतीय हाजिरी गर्ने प्रबन्ध गरेको ३ महिना नाघेको छ। २०७९ साल पुस २५ गतेदेखि सुरू भएको तेह्रो अधिवेशनबाट राष्ट्रिय सभाले सबै सांसदलाई विद्युतीय हाजिरी गर्ने प्रबन्ध गरेको थियो।

त्यसअघि नै राष्ट्रिय सभाले सांसदहरूको बायोमेट्रिक लिएको थियो। तर राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतमले भने अहिलेसम्म विद्युतीय हाजिरी गरेका छैनन्।

५९ सदस्यीय राष्ट्रिय सभामा विद्युतीय हाजिरी नगर्ने गौतम एक मात्र सांसद हुन्। उनले संसद सचिवालयलाई हाजिरी प्रयोजनका लागि हात औंलाको फिंगरप्रिन्ट र हस्ताक्षर दिन मानेका छैनन्।

संसद सचिवालय स्रोतका अनुसार कर्मचारीहरूले कम्तीमा ३ पटक विद्युतीय हाजिरीका लागि बायोमेट्रिक दिन आग्रह गरे पनि गौतमले अस्वीकार गरेका छन्। विद्युतीय हाजिरीका लागि अस्वीकार गरेका गौतमका लागि संसद सचिवालयले हाजिरी गर्नका लागि छुट्टै हाजिरी कापीको व्यवस्था गरेको छ।

राष्ट्रिय सभाले सांसदहरूको विद्युतीय हाजिरी लिएर दैनिक रूपमा उपस्थित सांसदको नामावली सार्वजनिक गर्दै आएको छ।

प्रतिनिधि सभामा भने अहिलेसम्म कापीमा नै हाजिर गर्ने व्यवस्था छ। प्रतिनिधि सभाको नियमावलीले पहिलोपटक विद्युतीय हाजिरीको व्यवस्था गरेपछि सचिवालय हाजिरीको मेसिन राख्ने र बायोमेट्रिक लिने तयारीमा जुटेको छ।

‘नियमावलीको व्यवस्था अनुसार हामी संसद भवनको बैठक कक्ष छिर्ने ढोकासँगै अब विद्युतीय हाजिरी मेसिन राख्ने तयारीमा छौं’, संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने, ‘मेसिन राख्नुअघि सांसदहरूको संसदीय दलबाट हातको फिंगरप्रिन्ट लिने तयारीमा छौं।’

संसद सचिवालयले सांसदहरूको अनुहार चिनेर हाजिर गर्ने क्षमताको मेसिन राख्ने तयारी गरिरहेको छ। तर सबै सांसदको बायोमेट्रिक विवरण संकलन गर्न केही समय लाग्ने सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...