News Portal

  • विद्युतीय हाजिरी गर्दैनन् वामदेव गौतम

    हिमालीसंचार संवाददाता
    २१८ पटक

    काठमाडौं। राष्ट्रिय सभाले सांसदहरूलाई विद्युतीय हाजिरी गर्ने प्रबन्ध गरेको ३ महिना नाघेको छ। २०७९ साल पुस २५ गतेदेखि सुरू भएको तेह्रो अधिवेशनबाट राष्ट्रिय सभाले सबै सांसदलाई विद्युतीय हाजिरी गर्ने प्रबन्ध गरेको थियो।

    त्यसअघि नै राष्ट्रिय सभाले सांसदहरूको बायोमेट्रिक लिएको थियो। तर राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतमले भने अहिलेसम्म विद्युतीय हाजिरी गरेका छैनन्।

    ५९ सदस्यीय राष्ट्रिय सभामा विद्युतीय हाजिरी नगर्ने गौतम एक मात्र सांसद हुन्। उनले संसद सचिवालयलाई हाजिरी प्रयोजनका लागि हात औंलाको फिंगरप्रिन्ट र हस्ताक्षर दिन मानेका छैनन्।

    संसद सचिवालय स्रोतका अनुसार कर्मचारीहरूले कम्तीमा ३ पटक विद्युतीय हाजिरीका लागि बायोमेट्रिक दिन आग्रह गरे पनि गौतमले अस्वीकार गरेका छन्। विद्युतीय हाजिरीका लागि अस्वीकार गरेका गौतमका लागि संसद सचिवालयले हाजिरी गर्नका लागि छुट्टै हाजिरी कापीको व्यवस्था गरेको छ।

    राष्ट्रिय सभाले सांसदहरूको विद्युतीय हाजिरी लिएर दैनिक रूपमा उपस्थित सांसदको नामावली सार्वजनिक गर्दै आएको छ।

    प्रतिनिधि सभामा भने अहिलेसम्म कापीमा नै हाजिर गर्ने व्यवस्था छ। प्रतिनिधि सभाको नियमावलीले पहिलोपटक विद्युतीय हाजिरीको व्यवस्था गरेपछि सचिवालय हाजिरीको मेसिन राख्ने र बायोमेट्रिक लिने तयारीमा जुटेको छ।

    ‘नियमावलीको व्यवस्था अनुसार हामी संसद भवनको बैठक कक्ष छिर्ने ढोकासँगै अब विद्युतीय हाजिरी मेसिन राख्ने तयारीमा छौं’, संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने, ‘मेसिन राख्नुअघि सांसदहरूको संसदीय दलबाट हातको फिंगरप्रिन्ट लिने तयारीमा छौं।’

    संसद सचिवालयले सांसदहरूको अनुहार चिनेर हाजिर गर्ने क्षमताको मेसिन राख्ने तयारी गरिरहेको छ। तर सबै सांसदको बायोमेट्रिक विवरण संकलन गर्न केही समय लाग्ने सचिवालयले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...