News Portal

प्रचण्डले जङ्गलदेखि सरकारमा तहल्का मच्चाए – अध्यक्ष तिमिल्सिना

हिमालीसंचार संवाददाता
३१४ पटक

काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जङ्गलदेखि सरकारमा तहल्का मच्चाएको बताएका छन्।

मङ्गलवारबाट काठमाडौँमा सुरु भएको नेसनल चेस च्याम्पियनसिपको उद्घाटन कार्यक्रममा अध्यक्ष तिमलसिनाले यस्तो बताएका हुन्।

बुद्धिचालका कारण मानिसहरूको दिमाग तेजिलो हुने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल पनि चेस धेरै खेल्ने खेलाडी भएकाले नै जङ्गलदेखि संसद् र सरकारसम्म पुग्नुको कारण हुनसक्ने बताए।

अध्यक्ष तिमिल्सिनाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धेरै चेस खेलेका कारण धेरैपटक प्रधानमन्त्री बनेको हुनसक्ने बताए।

तिमिल्सिनाले एमालेका अध्यक्ष केपी शर्मा ओली जेलमा रहँदादेखि नै खेलहरूमा उत्कृष्ट रहेको भन्दै चेस खेलकै कारण अहिलेको राजनीतिक खेलाडी बनेको ठट्टा गरे।

चेस खेलले मानिसको क्षमता विकास गर्ने भन्दै उनले ओली राजनीतिक खेलाडी बन्नुमा एउटा कारण चेस पनि रहेको बताए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...