News Portal

प्रचण्ड, देउवा र नेपालबीच भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

हिमालीसंचार संवाददाता
२७८ पटक

काठमाडौं। सत्तारुढ दलका तीन शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ। शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुबीच छलफल भएको हो।

बालुवाटार स्रोतका अनुसार उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। भेटमा प्रचण्डले पार्टीकोतर्फ चाडै मन्त्रिको नाम दिन आग्रह गरे।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग मन्त्रीको नाम मागेपनि हालसम्म पार्टीभित्र अन्तरद्वन्द्वले टुंगो लगाउन सकेका छैनन्। देउवासँग शेखर-गगन समूह असन्तुष्ट बन्दा मन्त्रीको नाम टुंगो लाग्न सकेको छैन।

गत पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदापनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। सरकारले पूर्णता नपाउँदा प्रधानमन्त्री प्रचण्डको आलोचना हुँदै आएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...