News Portal

विश्वासको मत नलिई राजीनामा दिँदै गण्डकीका मुख्यमन्त्री अधिकारी

हिमालीसंचार संवाददाता
२२६ पटक

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने गरी वैशाख ९ गते ३ बजेलाई संसद बैठक बोलाइएको छ तर, उनले विश्वासको मत नलिई राजीनामा दिने योजनामा रहेको बुझिएको छ।

मुख्यमन्त्री अधिकारीले आफूले गरेका काम र आफ्ना धारणा राखेर रोष्ट्रमबाटै राजीनामा घोषणा गर्ने सम्भावना छ। गत चैत १० गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले वैशाख ९ गतेसम्म विश्वासको मत लिनुपर्ने अवस्था छ।

विश्वासको मत नपाउने भएपछि प्रक्रिया नलम्ब्याउन सचिवालयले सुझाव दिएको छ। ‘नपाउने विश्वासको मत किन लिने भनेर हामीले भनेका छौँ। उहाँले यही गर्छु भन्नुभएको छैन,’ सचिवालय स्रोतले भन्यो।

एमाले संसदीय दलका नेतासमेत रहेका अधिकारीले विश्वासको मत लिने वा राजीनामा दिने भन्नेबारे एमाले संसदीय दलको बैठकमा छलफल गर्दै छन्। वैशाख ३ गते साँझ बस्ने गरी दलको बैठक बोलाइएको एमाले सांसद कृष्णप्रसाद पाठकले जानकारी दिए।

प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका सभामुखबाहेक ७, राप्रपाका दुई र एक जना स्वतन्त्र निर्वाचित सांसद छन्। ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले बहुमत अर्थात् ३१ सांसद आफ्नो पक्षमा पार्न सक्ने अवस्था छैन।

खगराज गत मंसिरको चुनावपछि पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई त्यतिबेला एमाले, माओवादी, राप्रपा र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका थिए। पछि स्वतन्त्र सांसद राजीव गुरूङले विश्वासको मत नदिई प्रतिपक्षमा बसे।

केन्द्रमा राजनीतिक समीकरण फेरिँदा उपराष्ट्रपति निर्वाचनपछि माओवादीले प्रदेश सरकार छोडेको थियो। समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...