News Portal

खोटाङमा प्रदेश सांसद राई विरुद्ध प्रदर्शन गर्ने चार जना युवा रिहा

हिमालीसंचार संवाददाता
३२९ पटक

खोटाङ – खोटाङ क्षेत्र नं. १ (क) बाट निर्वाचित एमालेका प्रदेश सांसद पाचकर्ण राई विरुद्ध प्रदर्शन गर्ने पहिचान पक्षधरका चार जना युवा रिहा भएका छन्। कोशी प्रदेशको नामाकरणको पक्षमा मतदान गरेको भन्दै किराया खोटाङका अध्यक्ष युगसन राई, सह-कोषाध्यक्ष डार्विन राई, किराया दिक्तेल रुपाकोट मझुवागढी नगरकमिटी पूर्वउपाध्यक्ष सप्तमणी राई र जसपा जिल्ला सचिव सुनील चाम्लिङ रिहा भएका हुन्। 

खोटाङमा जिल्ला समन्वय समितिले आयोजना गरेको ७औं जिल्लासभामा अतिथिका लागि सहभागि हुन पुगेका राई विरुद्ध पहिचान पक्षधर समूहले आयोजित कार्यक्रम हलभित्रै नारावाजी गर्दै कालो झण्डा देखाएका थिए। उनीहरुले संसद राईलाई कालो मोसो दल्ने प्रयास समेत गरेका थिए।  त्यस लगत्तै प्रहरीले नियन्त्रणमा लिएका चार जना पहिचानपक्षधर युवाहरुलाई प्रहरीले विना सर्त रिहा गरेका हुन्। 

किराया जिल्ला अध्यक्ष राईले आयोजित कार्यक्रममा बोल्ने समय माग गर्दैं प्रदेश संसद राई माथि खनिएका थिए भने कालो मोसो दल्ने प्रयास गरेका पहिचानबादी पक्षधरले प्रदेश सासंद राई, पूर्वसासंद कुलप्रसाद फुयाल र जिल्ला समन्वय समितिका पूर्व प्रमुख पबी चाम्लिङको शरीरमा कालो पदार्थको छिटा परेको थियो। त्यसपछि तीन जना पहिचान पक्षधरका युवालाई प्रहरीले हतकडी नै लगाएर लगेका थिए भने किराया जिल्ला अध्यक्ष राईलाई प्रहरीले नियन्त्रणमा लिएका थिए। 

आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामकुमार राई प्रमुख अतिथिको रुपमा उपस्थिति रहेको कार्यक्रममा प्रदेश सांसद भूपेन्द्र राईको भने उपस्थिति थिएन। साकेला गाउपालिका अध्यक्ष रबी प्रकाश राईले आफ्नो धारणा राखेपछि पहिचान पक्षधरले फोरममा आफ्नो धारणा राख्ने समय माग गरेका थिए। उनीहरुले प्रदेश सांसदहरु विरुद्ध नाराबाजी गरेका थिए। 

प्रहरीले पक्राउ गरेका चार जना युवासंगै नागरिक समाजका अगुवा सूर्य राई, जसपा प्रदेश कमिटी सदस्य नविन राई, जसपाका जिल्ला अध्यक्ष पिके खम्बु, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पा, जनजाति महासंघ निकट युवा संगठनका अध्यक्ष धनिराम नछुङ् जिल्ला प्रहरी कार्यालय पुगेका थिए। 

खोटाङमा पहिचान पक्षधरहरुले गत चैत्र २० गते प्रेस विज्ञप्ति जारी गर्दै कोशी प्रदेशका नाममा मतदान गर्ने प्रदेश सांसद एवम् मन्त्रीहरुलाई जिल्ला प्रवेशमा रोग लगाएका थिए। 

त्यस्तै, पहिचान पक्षधरले खोटाङ जिल्लाका विभिन्न पालिकाहरुमा समेत लेटर हेटमा कोशी प्रदेश नलेख्न आग्रह गर्दै ध्यानाकर्षण गरिरहेका छन्। केपिलासगढी गाउपालिका बाक्सिलामा पनी पालिकाले लेटर हेटमा कोशी प्रदेश लेखेको भन्दैं पालिका अध्यक्ष समीर राई र निमित्त प्रमुख प्रशासकीय अधिकृतको ध्यानकार्षण गरेका छन्। 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...