News Portal

  • ओलीसँगको गठबन्धन अप्राकृतिक, अहिलेको गठबन्धन प्राकृतिक : उपप्रधानमन्त्री खड्का

    हिमालीसंचार संवाददाता
    २८२ पटक

    सुर्खेत। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको बताएका छन्।

    प्रधानमन्त्री प्रचण्डले पहिलो पटक विश्वासको मत लिँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले संसद्मा जसरी संसद् विघटनबारे बोलेका थिए, त्यसले प्राकृतिक गठबन्धनमा फर्कन वातावरण बनाएको उनको भनाइ थियो।

    शनिबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अब शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेगरि सरकार अघि बढ्ने बताए।

    ‘द्वन्द्वबाट पीडितको मुक्तिका लागि पनि यही प्राकृतिक गठबन्धन उपयुक्त हो,’ उनले थपे,‘ हामी त्यही उद्देश्यसहित अघि बढ्ने छौ।’ सरकारसँग अवसर र चुनौती दुवै रहेको बताउँदै खड्काले अबको केही दिनमै सरकारले पूर्णता पाउने बताए।

    साथै उनले अब कर्णालीको विकासका लागि केन्द्रमाबाट पर्याप्त बजेट पाउने समेत उल्लेख गरे। मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको खड्काको भनाइ छ।

    उनले जनताको शिर झुक्नेगरि आफूले काम नगर्ने बताए। प्रदेश सरकारबारे खड्काले सातै प्रदेशमा वर्तमान गठबन्धनकै सरकार बन्ने बताए। यद्यपि कर्णाली प्रदेश सरकारबारे भने उनले ढिलो चाँडो कांग्रेस सरकारमा जाने बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...