News Portal

  • सांसद अब्दुल खानलाई निलम्बन गर्न माग

    हिमालीसंचार संवाददाता
    २४० पटक

    सुरेन्द्र यादव, जनकपुरधाम। राष्ट्रिय एकता अभियानले भिडियो कलमा अश्लील हर्कत गर्न जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ।

    शुक्रबार राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै सांसद खानलाई तत्काल निलम्बन गरी सार्बजनिक भएको भिडियो बारे अनुसन्धान अगाडि बढाउन माग गरेका हुन्।

    सांसद खान निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री पनि हुन्। जनमत पार्टीले रोजेको अनुसार मन्त्रालय नपाएपछि असन्तुष्ट भएर उनी केहिदिन अघि मन्त्री पदबाट राजीनामा दिएका थिए।

    सांसद खानले महिलासँग भर्चुअल माध्यममा अश्लील हर्कत गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा वाइरल बनेको छ। सांसदजस्तो सार्वजनिक जीवनमा रहेका व्यक्तिको यस्तो हर्कत क्षमायोग्य नरहेको ज्ञापनपत्रमा उल्लेख गरेको छ।

    ‘जनमत पार्टीका समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य–दृश्य सामग्री (भिडियो) अहिले सामाजिक सञ्जालहरूमा यत्रतत्र भाइरल भइरहेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘उहाँको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शीर निहुरिएको छ।’

    सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गर्ने, सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूको निजी जीवन पनि सरल र आदर्शवान हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ।

    ‘सांसद खानको यस हर्कतले भने समाजलाई अझ बढी विसंगत र विकृत बनाउन मलजल गरेको छ। उहाँ सजायको भागिदार हुनुहुन्छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘तसर्थ, उहाँलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानूनी कारवाही अगाडि बढाउन हामी सम्माननीय सभामुख महोदयलाई हार्दिकतापूर्वक अनुरोध गर्दछौं।’ ज्ञापन पत्र बुझाउन अभियानका अध्यक्ष सहित उपाध्यक्ष सुनीता साह, केंद्रीय सदस्य चन्द्र यदुवंशी, मिना देवी साह, राष्ट्रीय विधार्थी परिषदका महासचिव पप्पू यादव लगायतको ब्यक्तिले ज्ञापनपत्र बुझाउन सभामुख घिमिरेको निवास पुगेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...