News Portal

सांसद अब्दुल खानलाई निलम्बन गर्न माग

हिमालीसंचार संवाददाता
३४० पटक

सुरेन्द्र यादव, जनकपुरधाम। राष्ट्रिय एकता अभियानले भिडियो कलमा अश्लील हर्कत गर्न जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ।

शुक्रबार राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै सांसद खानलाई तत्काल निलम्बन गरी सार्बजनिक भएको भिडियो बारे अनुसन्धान अगाडि बढाउन माग गरेका हुन्।

सांसद खान निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री पनि हुन्। जनमत पार्टीले रोजेको अनुसार मन्त्रालय नपाएपछि असन्तुष्ट भएर उनी केहिदिन अघि मन्त्री पदबाट राजीनामा दिएका थिए।

सांसद खानले महिलासँग भर्चुअल माध्यममा अश्लील हर्कत गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा वाइरल बनेको छ। सांसदजस्तो सार्वजनिक जीवनमा रहेका व्यक्तिको यस्तो हर्कत क्षमायोग्य नरहेको ज्ञापनपत्रमा उल्लेख गरेको छ।

‘जनमत पार्टीका समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य–दृश्य सामग्री (भिडियो) अहिले सामाजिक सञ्जालहरूमा यत्रतत्र भाइरल भइरहेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘उहाँको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शीर निहुरिएको छ।’

सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गर्ने, सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूको निजी जीवन पनि सरल र आदर्शवान हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ।

‘सांसद खानको यस हर्कतले भने समाजलाई अझ बढी विसंगत र विकृत बनाउन मलजल गरेको छ। उहाँ सजायको भागिदार हुनुहुन्छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘तसर्थ, उहाँलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानूनी कारवाही अगाडि बढाउन हामी सम्माननीय सभामुख महोदयलाई हार्दिकतापूर्वक अनुरोध गर्दछौं।’ ज्ञापन पत्र बुझाउन अभियानका अध्यक्ष सहित उपाध्यक्ष सुनीता साह, केंद्रीय सदस्य चन्द्र यदुवंशी, मिना देवी साह, राष्ट्रीय विधार्थी परिषदका महासचिव पप्पू यादव लगायतको ब्यक्तिले ज्ञापनपत्र बुझाउन सभामुख घिमिरेको निवास पुगेका थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...