News Portal

एमाले अब भीम रावलको तमासा हेरेर बस्न सक्दैनः विष्णु पौडेल

हिमालीसंचार संवाददाता
२८९ पटक

धनगढी। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रालवलले गलत गर्दै आएको बताएका छन। पौडेलले शुक्रवार बिहान धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले गल्तिमाथि गल्ति गर्दै आएको बताएका हुन्। एमालेको नीति, अनुशासन, विधि र निर्णयलाई भीम रावलले नमानेको उपाध्यक्ष पौडेलले बताए।

उनले भने, ‘भीम रावल जीले पार्टीको अनुशासनको दृष्टिकोणले, पार्टीको जिम्मेवार सदस्यले निर्वाह गर्नुपर्ने कर्तव्यको दृष्टिकोणले, उहाँले विगतमा लामो समयसम्म पार्टीमा नेतृत्व गर्नु भएको पृष्टभूमिलाई हेरेर भन्ने हो भने, उहाँले पार्टीको कर्तव्य निर्वाह गर्नु भएको छैन।’ एमालेका नेता रावलले पार्टी सदस्यको कर्तव्य पालना नगरेको, पार्टीको विरुद्धमा बोल्दै आएको, पार्टीका निर्णय नमानेको र पार्टीलाई कमजोर पर्ने गतिविधि गर्दै आएका पौडेलले बताए।

भीम रावलले एकपछि अर्काे गल्ति गर्दै गएका उपाध्यक्ष पौडेलले बताए। भीम रावललाई गल्ति स्वकार गर्न र क्षमा माग्न उनले आग्रहसमेत गरेका छन्। पार्टीको सल्लाकार परिषदको सदस्यको भूमिका पनि उलंघन गरेको पौडेले बताए। उनले थपे, ‘गल्ति गर्दै आउनु भएको छ। एकपछि अर्काे गल्ति नगर्नु। माफी माग्नु।

गल्ति स्वीकार गर्नु। तर यहि अवस्था, पार्टीका निर्णय नमान्ने, पार्टी विरुद्धमा गतिविधि गर्दै जाने हो भने, पार्टीले हेरेर बस्न सक्दैन। पार्टीले उपयुक्त निर्णय गर्छ।’ एमालेका नेता रावल पार्टीको सिमाभन्दा टाढा गएको पौडेलको आरोप छ। ‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन। उहाँले पार्टीको निर्णय मान्नुभएको छैन।

अनुशासन उल्लङ्घन गर्नुभएको छ। पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ। पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्,’ पौडेलले भनेका छन्। रावलले चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको भन्दै पौडेलले आत्मालोचना नगरे पार्टीले ‘उचित निर्णय’ लिने बताएका छन्।

पौडेलले थपे, ‘एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ। कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस्। नीति, विधिलाई पालना गर्नुस्। उहाँ नसचिए पार्टीले उचित निर्णय लिन्छ।’ यसअघि पनि अछाम पुगेका पौडेल र रावलबीच आरोप प्रत्यारोप चलेको थियो।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...