News Portal

  • एमाले अब भीम रावलको तमासा हेरेर बस्न सक्दैनः विष्णु पौडेल

    हिमालीसंचार संवाददाता
    २०२ पटक

    धनगढी। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रालवलले गलत गर्दै आएको बताएका छन। पौडेलले शुक्रवार बिहान धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले गल्तिमाथि गल्ति गर्दै आएको बताएका हुन्। एमालेको नीति, अनुशासन, विधि र निर्णयलाई भीम रावलले नमानेको उपाध्यक्ष पौडेलले बताए।

    उनले भने, ‘भीम रावल जीले पार्टीको अनुशासनको दृष्टिकोणले, पार्टीको जिम्मेवार सदस्यले निर्वाह गर्नुपर्ने कर्तव्यको दृष्टिकोणले, उहाँले विगतमा लामो समयसम्म पार्टीमा नेतृत्व गर्नु भएको पृष्टभूमिलाई हेरेर भन्ने हो भने, उहाँले पार्टीको कर्तव्य निर्वाह गर्नु भएको छैन।’ एमालेका नेता रावलले पार्टी सदस्यको कर्तव्य पालना नगरेको, पार्टीको विरुद्धमा बोल्दै आएको, पार्टीका निर्णय नमानेको र पार्टीलाई कमजोर पर्ने गतिविधि गर्दै आएका पौडेलले बताए।

    भीम रावलले एकपछि अर्काे गल्ति गर्दै गएका उपाध्यक्ष पौडेलले बताए। भीम रावललाई गल्ति स्वकार गर्न र क्षमा माग्न उनले आग्रहसमेत गरेका छन्। पार्टीको सल्लाकार परिषदको सदस्यको भूमिका पनि उलंघन गरेको पौडेले बताए। उनले थपे, ‘गल्ति गर्दै आउनु भएको छ। एकपछि अर्काे गल्ति नगर्नु। माफी माग्नु।

    गल्ति स्वीकार गर्नु। तर यहि अवस्था, पार्टीका निर्णय नमान्ने, पार्टी विरुद्धमा गतिविधि गर्दै जाने हो भने, पार्टीले हेरेर बस्न सक्दैन। पार्टीले उपयुक्त निर्णय गर्छ।’ एमालेका नेता रावल पार्टीको सिमाभन्दा टाढा गएको पौडेलको आरोप छ। ‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन। उहाँले पार्टीको निर्णय मान्नुभएको छैन।

    अनुशासन उल्लङ्घन गर्नुभएको छ। पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ। पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्,’ पौडेलले भनेका छन्। रावलले चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको भन्दै पौडेलले आत्मालोचना नगरे पार्टीले ‘उचित निर्णय’ लिने बताएका छन्।

    पौडेलले थपे, ‘एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ। कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस्। नीति, विधिलाई पालना गर्नुस्। उहाँ नसचिए पार्टीले उचित निर्णय लिन्छ।’ यसअघि पनि अछाम पुगेका पौडेल र रावलबीच आरोप प्रत्यारोप चलेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    कांग्रेस बैठकमा गृहमन्त्री लेखक : एमालेसँग मिलेर सरकार चलाउन अप्ठ्यारो छैन

    काठमाडौं, असार १७ – गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहकार्यलाई सहज भन्दै आगामी निर्वाचनसम्म...

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान...