News Portal

राष्ट्रपतिको परराष्ट्र र आर्थिक सल्लाहकार नपाउँदैमा स्वर्णिमले कांग्रेस छाड्नुपथ्र्यो ?

हिमालीसंचार संवाददाता
३१० पटक

काठमाडौं। चर्चित अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेसँगै अहिले सामाजिक सञ्जाल र मिडियामा उनले पार्टी छाड्नुको कारण खोज्न थालिएको छ।

बिहीबार दिउँसो कांग्रेस छाडेका वाग्लेले राति नै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यता लिन पुगे। रवि जस्तो सस्तो लोकप्रियताका हुने नहुने जे पनि गर्नेको नेतृत्व स्वीकार्न पुगेसँगै अहिले उनको आलोचना भइरहेको छ।

कांग्रेसमा अवसरका लागि ठाउँ र समय हुँदाहुँदै वाग्लेले पार्टी छाड्नुको कारण भने फरकफरक रहेको बाहिर आउन थालेका छन्। वाग्लेलाई कांग्रेस सभापति शेरबहादुर देउवाले नै राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष बनाएर एकाएक चर्चामा ल्याइदिएका थिए।

वाग्लेकै कारण कांग्रेसले लोकप्रियता हासिल गरेको भने होइन। कांग्रेसको चुनावी घोषणापत्र लेखन समितिको सदस्य पनि देउवाले नै दिएका थिए।

तर अहिले वाग्लेले उनै देउवाको मानमर्दन हुने गरी स्टाटस लेखेर पछि पार्टी फर्कने ठाउँसमेत राखेनन्। खासमा कांग्रेसमा डा.विश्व पौडेललाई आरजु राणा देउवाले च्यापेकोमा उनी असन्तुष्ट थिए। वाग्ले चितवन १ बाट उम्मेदवार बन्न चाहन्थे।

तयारी पनि गरेका थिए। तर आरजुकै जोडबलमा विश्व पौडेलले टिकट पाएदेखि नै वाग्ले असन्तुष्ट बन्दै आएका थिए। कांग्रेस महामन्त्री गगन थापाले समय वाग्लेलाई काठमाडौं ४ बाट उम्मेदवार बनाउन चाहेका थिए।

तर वाग्लेकै कारण सम्भव भएन। चुनावपछि पनि वाग्ले कांग्रेस महामन्त्री थापा र नेता शेखर कोइरालासँग धेरै जिल्लामा अन्तरक्रिया गरेर हिँडे। अवसर दिन चाहेका थिए।

तर अहिले तनहुँ २ मा उम्मेदवार बन्नकै लागि उनले रवि लामिछानेको दौराको फेर समाउन पुगेकाले उनको लोकप्रियता स्वाठै घटेको छ। वाग्ले राष्ट्रपति रामचन्द्र पौडेलको वैदेशिक र आर्थिक सल्लाहकार बन्न चाहन्थे।

त्यसका लागि उनले पौडेलसँग लबिइङ गरिरहेका थिए। पछिल्लो दुई साता उनले शीतल निवासमा व्यापक दबाब बढाएका थिए।

तर कांग्रेस सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाले थाहा पाएपछि तुरुन्तै परराष्ट्र सल्लाहकारमा डा.सुरेशचन्द्र चालिसे र आर्थिक सल्लाहकारमा डा.चिरञ्जीवी नेपाल नियुक्त भएपछि वाग्लेले एकाएक कांग्रेस छाड्ने निर्णय गरेको उनी निकट नेताहरू बताउँछन्।

अब उनले तनहुँ २ मा गएर कांग्रेसलाई गाली गरेर भोट माग्छन् कि नेताहरूलाई गाली गरेर भोट माग्छन् दुई चार दिनमै थाहा हुन्छ।

प्रतिकृया दिनुहोस्

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...