News Portal

तनहुँमा उपनिर्वाचन लड्न पूर्वराष्ट्रपतिमार्फत जोडबल गर्दै सर्वेन्द्र खनाल

हिमालीसंचार संवाददाता
२२९ पटक

पोखरा। तनहुँ–१ मा १० वैशाखमा हुने उपनिर्वाचन लड्न पूर्वआईजीपी सर्वेन्द्र खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमार्फत लबिङ गरेका छन् ।

उनले भण्डारी र उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, उपमहासचिव विष्णु रिमाललाई भेटेर टिकटका लागि जोडबल गरेको एमाले स्रोतले बतायो । ‘उहाँले सबैसँग भेटिरहनुभएको छ । पूर्वराष्ट्रपतिज्यू र पीएस कमरेड दुवैसँग भेटेर टिकटका लागि बढी जोड गर्नुभएको छ,’ स्रोतले भन्यो ।

तनहुँ–१ मा स्थायी कमिटी सदस्य किरण गुरूङले नलड्ने घोषणा गरेपछि खनालको सम्भावना बढेको छ । मंसिरको निर्वाचनमा काठमाडौं–६ मा हारेका खनाल यसपटक गृहजिल्ला फर्किन चाहेका छन् । उनी एक चरण तनहुँका नेतासँग भेटघाट गरेर र कार्यक्रममा सहभागी भएर फर्किसकेका छन् ।

पूर्वआईजीपी खनालनिकट स्रोतले तनहुँमा खनाल चुनाव लड्न इच्छुक रहेको बतायो । ‘उहाँको सम्भावना छ । भेटघाटमै हुनुहुन्छ,’ स्रोतले भन्यो ।

खनाल बुधबार एमाले पार्टी कार्यालय पुगेर उपमहासचिव रिमालसहित उपलब्ध नेतासँग भेटेका थिए ।

एमाले तनहुँले शुक्रबार दुई पुरूष र एक महिला आकांक्षीको नाम प्रदेश कमिटीमा सिफारिस गर्दै छ । शनिबार तीन वटा निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याउने एमालेको तयारी छ ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...