धरानमा बैशाख १ गते “मकालु-शुभकामना” सागीतिक साँझ हुने

बिकास चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान ११ स्थित मकालु कला केन्द्रले नया वर्षको अवसरमा मकालु शुभकामना सांगीतिक साझ २०८० आयोजना गर्ने भएको छ ।
बैशाख १ गते धरान-११ स्थित रहेको सेतो गुरास खेल मैदानमा सागीतिक साझको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक गायक विजय वाम्बुले राईले जानकारी दिए ।
नया वर्षको उपलक्षमा हरेक बर्ष आयोजना हुदै आई रहेको सागीतिक साझमा नेपालका चर्चित कलाकार कला राई, भ्वाइस अफ नेपालका सेमिफाइनलिस्ट सुरक्षा ठकुरी, कुवेर खम्बु, कविराज राई लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने समेत आयोजकले जानकारी दिए ।
उपस्थित दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गर्नका लागि धरानका चर्चित गरिमा डान्स सेन्टरको नृत्य प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । सागीतिक साझ दिउसो २ बजेदेखि शुरु हुने समेत आयोजकले जानकारी दिए ।















