News Portal

एमालेले चितवन–२ को उपनिर्वाचनमा देवी ज्ञवालीलाई उठाउने, रवि लामिछानेसँग भिडन्त पक्का

हिमालीसंचार संवाददाता
२६६ पटक

चितवन। नेकपा (एमाले)ले बैशाख १० गते हुने तीन क्षेत्रको उपनिर्वाचनमा नै आफ्नो उम्मेदवार उठाउने भएको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ। चितवन–२ सर्वाधिक चासोको रुपमा हेरिएको उपनिर्वाचन हो। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ०७९ मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित भएका थिए।

तर, उनी नागरिकतासम्बन्धी विवादमा फस्दा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । लामिछानेले अदालतको फैसलाबमोजिम नागरिकता पूनः लिएका छन्। पुष १० गते एमाले, माओवादीसहित बनेको गठबन्धनमा रास्वपा पनि त्यही गठबन्धनमा सामेल भएको थियो। सभापति लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेका थिए। अहिले माओवादीले राष्ट्रपतिको निर्वाचनमा गठबन्धन त्यागेर कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनाएपछि फेरिएको परिस्थितिअनुसार रास्वपा नयाँ गठबन्धनमा सामेल भएको छ।

एमालेले चितवन–२ को उपनिर्वाचनको तयारी थालेको छ। यसअघि रवि लामिछानेसँग चुनावमा पराजित भएका कृष्णभक्त पोखरेलले पनि पूनः निर्वाचन लड्ने मनशाय बनाएका छन्। तर, अहिले नै को उम्मेद्वार बन्छ ? भनेर भन्न सकिने अवस्था नभएको एमाले नेताहरु बताउँछन्। यस्तै, बागमती प्रदेश सभामा पराजित देवी ज्ञवाली र एमाले जिल्ला अध्यक्ष समेत रहेका भरतपुर महानगरको मेयरमा रेनु दाहालसँग पराजित भएका विजय सुवेदीपनि उपनिर्वाचन लड्ने तयारीमा छन्।

यसअघि मंसिर ४ मा भएको निर्वाचनमा भने रवि लामिछाने ४९३०० मत ल्याएर निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई तीन दोब्बर मतान्तरले पराजित गरेका थिए। श्रेष्ठले १४९८८ मत ल्याएका थिए। त्यतिवेला एमालेका कृष्णभक्त पोखरेल तेस्रो स्थानमा थिए। पोखरेलले १४६५२मत ल्याएका थिए। चौथो स्थानमा रहेका राप्रपाका रवीन अधिकारीले जम्मा ९५५ मत ल्याएका थिए।

अहिले एमालेले लामिछानेसँग देवी ज्ञवालीलाई नै भिडाउने तयारी गरेको छ। कांग्रेसले पनि कसलाई उठाउने भन्नेबारे छलफल थालेको छ। जिल्लाका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर छलफलमा छन्।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...