News Portal

  • एमालेले चितवन–२ को उपनिर्वाचनमा देवी ज्ञवालीलाई उठाउने, रवि लामिछानेसँग भिडन्त पक्का

    हिमालीसंचार संवाददाता
    २१२ पटक

    चितवन। नेकपा (एमाले)ले बैशाख १० गते हुने तीन क्षेत्रको उपनिर्वाचनमा नै आफ्नो उम्मेदवार उठाउने भएको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ। चितवन–२ सर्वाधिक चासोको रुपमा हेरिएको उपनिर्वाचन हो। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ०७९ मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित भएका थिए।

    तर, उनी नागरिकतासम्बन्धी विवादमा फस्दा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । लामिछानेले अदालतको फैसलाबमोजिम नागरिकता पूनः लिएका छन्। पुष १० गते एमाले, माओवादीसहित बनेको गठबन्धनमा रास्वपा पनि त्यही गठबन्धनमा सामेल भएको थियो। सभापति लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेका थिए। अहिले माओवादीले राष्ट्रपतिको निर्वाचनमा गठबन्धन त्यागेर कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनाएपछि फेरिएको परिस्थितिअनुसार रास्वपा नयाँ गठबन्धनमा सामेल भएको छ।

    एमालेले चितवन–२ को उपनिर्वाचनको तयारी थालेको छ। यसअघि रवि लामिछानेसँग चुनावमा पराजित भएका कृष्णभक्त पोखरेलले पनि पूनः निर्वाचन लड्ने मनशाय बनाएका छन्। तर, अहिले नै को उम्मेद्वार बन्छ ? भनेर भन्न सकिने अवस्था नभएको एमाले नेताहरु बताउँछन्। यस्तै, बागमती प्रदेश सभामा पराजित देवी ज्ञवाली र एमाले जिल्ला अध्यक्ष समेत रहेका भरतपुर महानगरको मेयरमा रेनु दाहालसँग पराजित भएका विजय सुवेदीपनि उपनिर्वाचन लड्ने तयारीमा छन्।

    यसअघि मंसिर ४ मा भएको निर्वाचनमा भने रवि लामिछाने ४९३०० मत ल्याएर निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई तीन दोब्बर मतान्तरले पराजित गरेका थिए। श्रेष्ठले १४९८८ मत ल्याएका थिए। त्यतिवेला एमालेका कृष्णभक्त पोखरेल तेस्रो स्थानमा थिए। पोखरेलले १४६५२मत ल्याएका थिए। चौथो स्थानमा रहेका राप्रपाका रवीन अधिकारीले जम्मा ९५५ मत ल्याएका थिए।

    अहिले एमालेले लामिछानेसँग देवी ज्ञवालीलाई नै भिडाउने तयारी गरेको छ। कांग्रेसले पनि कसलाई उठाउने भन्नेबारे छलफल थालेको छ। जिल्लाका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर छलफलमा छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...