News Portal

सोमबार मन्त्रिपरिषद विस्तार हुन्छ: देवेन्द्र पौडेल

हिमालीसंचार संवाददाता
३०० पटक

काठमाडौं। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गठबन्धनका दलहरूको होमवर्कका कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलो भएको बताएका छन्।

शनिबार केन्‍द्रको पार्टी कार्यालय पेरसडाँडामा बसेको पदाधिकारीको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै होमवर्कका कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ भएको बताएका हुन्। एक-दुई दिनमै मन्त्रिपरिषदले पूर्णता पाउने पनि उनले बताए। यस विषयमा कोही नअल्झिएको उनले बताए।

‘प्रधानमन्त्रीले गठबन्धनमा रहनुभएका सबै दलका प्रमुखहरूसँग अलगअलग छलफल गरेर प्रस्ताव बनाउनुस् भन्नुभएको थियो। आज सम्म गरेको रिपोर्ट अनुसार सबै दलसँग छलफल गर्नुभएको छ। भोलि उहाँहरूले सम्भवत प्रस्ताव तयार गर्नुहुन्छ, सके भोलि बेलुकी नभए पर्सी सम्ममा गठबन्धनका दलहरूलाई बोलाएर प्रस्ताव गर्नुहुन्छ र छिट्टै क्याबिनेट विस्तार हुन्छ,’ उनले भने, ‘त्यस्तो टुंग्याउन नसकिने विषय भएर अल्झिएको होइन। होमवर्कका कारण एक-दुई दिन ढिला भएको हो।’

गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएपछि पत्रकारसँगको कुराकानीमा मन्त्रिपरिषदले चैत १० गतेभित्रै पूर्णता पाउने बताएका थिए।

यस्तै, पदाधिकारीको बैठकमा संसद सुचारू गर्ने विषयमा, संक्रमणकालीन विधेयक टुंग्याउने विषय र क्याबिनेट विस्तार र त्यसका डेलिभरीका विषयमा छलफल भएको उनले बताए। सरकार र पार्टीलाई जोड्ने विषयमा पनि छलफल भएको उनले बताए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...