News Portal

  • सोमबार मन्त्रिपरिषद विस्तार हुन्छ: देवेन्द्र पौडेल

    हिमालीसंचार संवाददाता
    १९४ पटक

    काठमाडौं। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गठबन्धनका दलहरूको होमवर्कका कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलो भएको बताएका छन्।

    शनिबार केन्‍द्रको पार्टी कार्यालय पेरसडाँडामा बसेको पदाधिकारीको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै होमवर्कका कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ भएको बताएका हुन्। एक-दुई दिनमै मन्त्रिपरिषदले पूर्णता पाउने पनि उनले बताए। यस विषयमा कोही नअल्झिएको उनले बताए।

    ‘प्रधानमन्त्रीले गठबन्धनमा रहनुभएका सबै दलका प्रमुखहरूसँग अलगअलग छलफल गरेर प्रस्ताव बनाउनुस् भन्नुभएको थियो। आज सम्म गरेको रिपोर्ट अनुसार सबै दलसँग छलफल गर्नुभएको छ। भोलि उहाँहरूले सम्भवत प्रस्ताव तयार गर्नुहुन्छ, सके भोलि बेलुकी नभए पर्सी सम्ममा गठबन्धनका दलहरूलाई बोलाएर प्रस्ताव गर्नुहुन्छ र छिट्टै क्याबिनेट विस्तार हुन्छ,’ उनले भने, ‘त्यस्तो टुंग्याउन नसकिने विषय भएर अल्झिएको होइन। होमवर्कका कारण एक-दुई दिन ढिला भएको हो।’

    गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएपछि पत्रकारसँगको कुराकानीमा मन्त्रिपरिषदले चैत १० गतेभित्रै पूर्णता पाउने बताएका थिए।

    यस्तै, पदाधिकारीको बैठकमा संसद सुचारू गर्ने विषयमा, संक्रमणकालीन विधेयक टुंग्याउने विषय र क्याबिनेट विस्तार र त्यसका डेलिभरीका विषयमा छलफल भएको उनले बताए। सरकार र पार्टीलाई जोड्ने विषयमा पनि छलफल भएको उनले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...