News Portal

कोशी नामकरणविरुद्ध पहिचान आन्दोलनमा घाइते भएका पदम लिम्बूको मृत्यु (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४४२ पटक

धरान – प्रदेश सरकारले कोशी प्रदेश नामकरण गरेपछि कोशी प्रदेश खारेजीको माग गर्दै गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको लाठी प्रहारबाट गम्भीर घाइते भएका पदम लिम्बु (लाजेहाङ)को आज शुक्रबार बिहान वीपी प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

सुनसरीको धरान-१५ बाझगरा बस्दै आएका ४२ वर्षीय लाजेहाङ कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर लाजेहाङको पहिचानी आन्दोलनमा सहद्त गरेको सुनसरी जिल्ला अध्यक्ष अमर इजम लिम्बुले जानकारी दिए। विराटनगरमा सुरक्षाकर्मीको लाठी प्रहारबाट लाजेहाङ टाउकोमा गम्भीर चोट लागे पनि उनी घरैमा उपचाररत थिए। तर, गत बुधबार राती रिंगटा चलेर बान्ता गरेपछि अचेत भएका लिम्बुको वीपी प्रतिष्ठान धरानमा इमर्जेन्सी कक्ष उपचार हुँदै आएको थियो। 

थप उपचारका लागि हेलिकोप्टर चार्टर गरी काठमाडौं लैजाने तयारी गरिरहेको अवस्थामा लाजेहाङको मृत्यु भएको हो । उनको शुक्रबार बिहान साढे २ बजे धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियु कक्षमा उपचार गर्दा गर्दै मृत्यु भएको प्रदेश नं १ पुनः नामाकंन संयुक्त सङ्गर्ष समितिले जनाएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले लाजेहाङ लिम्बुको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न पनि माग गरिएको बताए । उनले भने, ‘पहिचानबादीको आन्दोलन शान्तिपूर्ण थियो । पहिचान विरोधी सत्ता, राजनितिक दलको इशारामा भड्काइयो । पूर्वमा अब के हुन्छ यसै भन्न सक्ने अवस्था नरहेको समेत बताए। संघर्ष समितिले लाजेहाङलाई सहिद घोषण गर्न माग गरेको छ ।  आज ३ बजे किरायाको भवनमा बैठक बसेर आवश्यक निर्णय लिने समेत जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

इलाम यातायात कार्यालयमा अनियमितता: परीक्षण विना सवारी जाँचपास, मोटो रकम असुलीको आरोप

काठमाडौँ-देशभरका सरकारी कार्यालयमा सुधार ल्याउने प्रयास भइरहेका बेला इलामस्थित यातायात व्यवस्था सेवा कार्यालयमा भने गम्भीर...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...