News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सुनसरी जिल्लाको कोशी गाँउपालिकामा जनताको मन जित्न एमालेको अभियान

    हिमालीसंचार संवाददाता
    १६६ पटक

    सुनसरी – सुनसरीको कोशी गाँउपालिकामा आउँदो चारवर्षमा नेकपा (एमाले) ले स्थानीय सरकार बनाउने उदेश्यका साथ पार्टी सुदृढीकरण अभियान सञ्चालन गरेको छ ।

    बिहिबार लौकहीमा आयोजित वृहद् भेला आयोजना गर्दै पालिकामा रहेका आठवटै वडाहरुमा जनताको घरदैलो र जनसरोकारका विषयहरुमा पार्टी नेता तथा कार्यकर्ताहरु परिचालन हुनेगरी योजना निर्माण गरेको छ । 

    जेष्ठ नागरिक भत्ताको सहजता र उपलब्धतामा सहजीकरण, विद्यालयमा बालबालिकालाई दिइदै आएको भत्ताको प्रयोगका विषयमा अनुगमन, एकल महिलाहरुलाई दिइने भत्ता पाएनपाएको निगरानी र सहजीकरण, अपा¨ता, दलित महिला भत्ता, बालबालिका र ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई दिइएने नि:शुल्क स्वास्थ्य उपचार लगायतका विषयमा नेकपा एमालेले अनुगमन र जनताकाबीचमा पुगेर सहजीकरण गर्ने योजना बनाएको छ । 

    नेकपा (एमाले) ले देशव्यापी सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत एमालेका सम्पूर्ण नेताहरु पालिकाका जनताको घरदैलोमा परिचालन हुने नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा कोशी गाँउपालिकामा खटिएका अभियन्ता भीमज्वाला राईले हिमालीसंचारडटकमलाई जानकारी गराए । 

    राईका अजनुसार पालिकामा रहेका ८ सय १६ पार्टी सदस्यहरुलाई अध्यावधी गर्ने र चैत भित्र १ सय ५० नयाँ सदस्य वितरण गर्ने योजना बनाउदै सबै वडाहरुको बैठक चैत १५ भित्र सम्पन्न गर्ने, मजदुर, किसान, महिला, युवा, मुक्ति समाज लगायतका जनसंगठनहरु निर्माण गर्दै पुराना वामपन्थी अग्रजहरुको विवरण तयार गरी जेष्ट कम्युनिष्ट मञ्च गठन गर्ने र पार्टीमा योगदान गर्ने पुराना अगुवाहरुलाई पार्टी स्थापना दिवसको अवसरमा बैशाख ९ गते सम्मान गरिने बताए । 

    भेलाले रामखलन साहको अध्यक्षतामा १९ सदस्यीय नेकपा (एमाले) कोशी गाँउपालिका कमिटी सचिवालय गठन गरेको छ । भेलामा नेकपा (एमाले) कोशी प्रदेश सदस्यहरु बद्रीप्रसाद घिमिरे, भीमज्वाला राई, अजय कुसियैत, नारायण परियार, रामप्रसाद मेहता, बिमल कार्की अभियन्ताका रुपमा सहभागी थिए । 

    त्यस्तै, नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी सचिव पर्शुराम यादव, जिल्ला सदस्य तारानन्द मटियैत लगायतको सहभागिता थियो । पालिका अध्यक्ष रामखलन साहको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन सचिव सुरेन्द्र पाठकले गरेका थिए। भेलाले रामप्रसाद गोदियारको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल किसान महासंघ कोशी गाँयपालिका कमिटी समेत गठन गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै...

    १५६औं लेनिन जयन्ती र ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा ७७ जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

    काठमाडौं, वैशाख ९ – नेपाल कम्युनिस्ट पार्टीले १५६औं लेनिन जयन्ती तथा पार्टीको ७७औं स्थापना दिवसको...

    तीनकुने काण्ड : दुर्गा प्रसाईंविरुद्ध पाँचवटा गम्भीर अभियोगमा बयान सुरु

    काठमाडौं, वैशाख ९ – राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त...

    कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, तयारी तीव्र –

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्व निर्धारित तालिकाअनुसार यही...

    नवलपरासीमा चार महिनाको बालकमाथि आमाबुवाको हिंसा, उपचारको क्रममा निधन

    वैशाख ९, मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–१ अर्मलेमा एक हृदयविदारक घटना घटेको...