News Portal

राष्ट्रिय जनमोर्चाको निर्णय: जनकराज शर्मालाई चितवन २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने

हिमालीसंचार संवाददाता
२३३ पटक

काठमाडौं। राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ।

बुटवलमा भएको राष्ट्रिय परिषद प्रथम बैठकले पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई चितवन २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो।

पार्टी अध्यक्ष चित्रबहादुर केसीका अनुसार उपनिर्वाचनको प्रचारप्रसार तथा निर्वाचन व्यवस्थित बनाउन महासचिव मनोज भट्टको नेतृत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समितिसमेत बनाइएको छ।

‘२०८० वैशाख १० मा चितवन २ मा हुने उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभावलगायत भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णय भएको छ,’ अध्यक्ष केसीले विज्ञप्ति निकालेर भनेका छन्।

गत मंसिर ४ को चुनावमा यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकताको विषयमा मुद्दा परेपछि लामिछानेको सांसद पद सर्वोच्च अदालतले बदर गरिदिएको थियो। त्यसपछि यहाँ उपनिर्वाचन मिति तोकिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...