News Portal

  • राष्ट्रिय जनमोर्चाको निर्णय: जनकराज शर्मालाई चितवन २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने

    हिमालीसंचार संवाददाता
    १९७ पटक

    काठमाडौं। राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ।

    बुटवलमा भएको राष्ट्रिय परिषद प्रथम बैठकले पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई चितवन २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो।

    पार्टी अध्यक्ष चित्रबहादुर केसीका अनुसार उपनिर्वाचनको प्रचारप्रसार तथा निर्वाचन व्यवस्थित बनाउन महासचिव मनोज भट्टको नेतृत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समितिसमेत बनाइएको छ।

    ‘२०८० वैशाख १० मा चितवन २ मा हुने उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभावलगायत भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णय भएको छ,’ अध्यक्ष केसीले विज्ञप्ति निकालेर भनेका छन्।

    गत मंसिर ४ को चुनावमा यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकताको विषयमा मुद्दा परेपछि लामिछानेको सांसद पद सर्वोच्च अदालतले बदर गरिदिएको थियो। त्यसपछि यहाँ उपनिर्वाचन मिति तोकिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...