News Portal

कोशी प्रदेश खारेजको माग सहित विरोध प्रदर्शन, पुर्वाञ्चलमा मसाल जुलुस (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२४२ पटक

धरान – प्रदेश नं. १ लाई प्रदेश सरकारले कोशी प्रदेश नामकरण गरेपछि पुर्वाञ्चलका पहिचानवादी समुदायले जनभावना विपरित प्रदेशको नामकरण गरेको भन्दै हिजो साँझ मसाल जुलुस निकाल्दै आन्दोलनको शुरुवात गरेका छन्।

पुर्वाञ्चलको विर्तामोड, इटहरी, धरान, भोजपुर, उदयपुर, धनकुटा, खोटाङ-दिक्तेल, संखुवासभा, ताप्तेजुङ, खादबारी, पथरी, लेटाङ, दमक र इलाममा हिजो साँझ विशाल मसाल जुलुस प्रदर्शन गरेका हुन्।  

गत फागुन १७ गते प्रदेश सरकारले अचानक आवश्यक छलफल नै नगरी प्रदेश सरकारले छापामार शैलीमा प्रदेशको नामकरण कोशी प्रदेश गरेपछि किरात सभ्यताको आधारमा प्रदेशको नामाकरण धोषणा गर्नु पर्ने माग सहित पहिचानवादी शक्तिहरुले विरोध प्रदर्शन गरेका हुन्। 

प्रदेशको नामाकरण पहिचानको आधारमा राख्नु पर्ने मागसहित पहिचानवादी शक्तिहरुले संस्कृति, सभ्यता, पहिचान र आत्मसम्मान सहितको राजनीतिक अधिकारबाट राज्यसत्ताले नियोजित रुपमा जनताको नैसर्गिक अधिकारबाट पहिचानवादी समुदायहरुलाई बञ्चित गर्दै एकल नश्लिय राज्य व्यवस्थालाई निरन्तरता दिएको आरोप लगाएका छन्। 

प्रदेश सरकारले फागुन १७ गते षड्यन्त्र गरेको आरोप लगाउदै द्वन्दको विजारोपन गरेको भन्दै प्रदेश सरकारले आफ्नो गलत निर्णयलाई नसच्याए कडा आन्दोलन गर्ने कार्यक्रम सहित आमहड्ताल गर्ने कार्यक्रमको धोषणा गरेका हुन्। प्रदेश सरकारले पहिचानवादी शक्तिहरुको शान्तिपूर्ण आन्दोलन र मागलाई सम्बोधन नगरे, प्रदेश सरकारले  बेवास्ता नगरे आन्दोलनको बलबाट नै सडक आन्दोलन गरेर पहिचान सहितको प्रदेशको नामाकरण धोषणा गर्ने चेतावनी समेत दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...