News Portal

  • सत्ता गठबन्धनमा सहमति जुटेन, उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी !

    हिमालीसंचार संवाददाता
    २२५ पटक

    काठमाडौँ। सत्ता गठबन्धन दलबीच उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुटाउन असर्थक भएको छ।

    शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ९ दलको बैठकमा उपराष्ट्रपतिमा साझा उम्मेदवारबारे सहमति जुट्न नसकेपछि जनता समाजवादी पार्टी र जनमत पार्टीले छुट्टाछुट्टै उम्मेदवारी उठाउने भएका हुन्।

    जनमत पार्टीका अध्यक्ष सिके रावतले पार्टीबाट ममता झालाई उपराष्ट्रपतिमा उम्मेदवार उठाउने निर्णय भएको बताए।

    उनले भने,’जनमत पार्टीबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय गरेको छ। जसपाले २ जनालाई उम्मेदवार उठाउने निर्णय गरेको छ। संभवत जसपाले पनि उम्मेदवारी दर्ता गर्नेछ। छलफलमै क्रममा छौं। भोलिसम्म निष्कर्षमा पुगेर एउटै मात्रै उम्मेदवार चयन गर्ने सहमतिमा पुग्छौँ होला।’

    जसपाबाट राम सहाय यादव र प्रमिला यादवले र जनमतबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय भएको हो।

    यसअघि सत्ता गठबन्धनमा राष्ट्रपति नेपाली कांग्रेस र उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने समझदारी भएको थियो। राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।

    नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ताको कार्यक्रम छ। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते तय भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...