आज : २०२६-०७-०९, बिहीबार

भोट माग्न एकीकृत समाजवादी कार्यालयमा पुगे सुवास नेम्वाङ

काठमाडौं। राष्ट्रपतिमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का नेता सुवास नेम्वाङसहित नेताहरू नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय पुगेका छन्।

बिहीबार बिहान नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेट्न कार्यालय गएका हुन्।

भेटमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ।

कांग्रेससहितको आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन्।