News Portal

पूर्वराजा र राप्रपाबाट झस्किए कि एमालेबाट प्रचण्ड ?

हिमालीसंचार संवाददाता
२८३ पटक

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले विज्ञप्ति जारी गरेर आफू मौन नबस्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू झस्किएको बताएका छन्।

एमाले–माओवादीसहितको गठबन्धनमा राजसंस्थाकाृ वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी भएको विषय कोट्याउदै प्रचण्डले आफू गलत गठबन्धनमा त थिइन भन्ने महशुस भएको बताएका छन्।

राप्रपाका मन्त्रीहरुले पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेपनि प्रचण्डले पूर्वराजाको सक्रियता बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटामा प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णयमा हस्ताक्षर गर्ने दलमा राप्रपा पनि थियो।

राप्रपाले पृ्थ्वी जयन्तीदेखि विभिन्न मुद्दामा अडान राख्दै सरकारका न्यूनतम साझा कार्यक्रम तय गरेपछि सरकारमा गयो। तर, सरकारमा रहेको राप्रपाले सरकारलाई असहयोग गरेको आरोप समेत लाग्दै आएको थियो।

विशेष गरि कानून मन्त्री ध्रुव बहादुर प्रधानले नागरिक उन्मुक्त्ति पार्टीका बन्दीलाई रिहा गर्ने सवालमा सहयोग गर्न नचाहेको भन्दै माओवादी केन्द्रसहितका दलमा केहि आक्रोश देखिने गरेको थियो। तर, सत्ता सहयात्री दल भएकाले यसबारे धेरै बोल्ने अवस्था नबन्दा विषय यत्तिकै सेलाउने स्थितिमा पुगेको थियो।

राप्रपा बौरिएको देखेका पूर्वराजा ज्ञानेन्द्रले विज्ञप्ति नै जारी गरेर प्रजातन्त्र खतरामा परेको भन्दै आफू धेरै समय मौन नरहने बताए।

राजाले यस्तो बताएपछि मौन रहेको राप्रपाले औपचारिक रुपमा केहि नबताएपनि नेताहरुले राजाको स्वभाविक प्रक्रिया आएको दाबी गर्दै आएका थिए।

राप्रपा र एमाले अध्यक्ष केपी ओलीवीचको सामिप्यतामाथि नै आशंकित बनेका प्रचण्डले गठबन्धन फेर्ने जोखिम मोलेपछिको पहिलो सार्वजनिक अभिव्यक्तिमै राप्रपासहितको गठबन्धनमा रहेर गल्ती भयो कि भन्ने आभाष भएको दाबी गरेका छन्।

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गरेपछि महेन्द्र नारायण नीधिको १०१ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले वर्तमान सत्ता गठबन्धनमा धेरै कुरा भएपनि भन्दै राप्रपा र पूर्वराजाको भूमिकाप्रति आक्रोश र आशंका व्यक्त गरेका छन्।

यसअघि नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरुले ज्ञानेन्द्रलाई राजनीतिमा आउन चुनौति दिदै आएका छन्।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...