News Portal

  • दलहरूलाई रबर स्ट्याम्प रास्ट्रपति चाहिएको हो ?

    जस्को पुर्खाले आर्जेको मूलुक खतरामा पर्न लाग्दा ज्ञानेन्द्र शाहलाई हेरेर बस्ने छुट छैन !

    कमला थापा
    ७७३ पटक

    देशको अर्थतन्त्रको मेरुदण्ड मानिने उद्योगी, व्यापारी, ब्यबसाईहरु आ-आफ्नो माग पत्र प्ले कार्ड ब्यानर लिएर हामिलाई न्यायोचित ढंगबाट गरिखान देऊ भन्ने माग गर्दै सरकार समक्ष शान्ति पूर्ण आन्दोलन सहित सडकमा उत्रिएका छन्, सरकार जनताको अभिभावक भएकोले सरकारसंग नराखे को संग राख्ने ?

    तर यतिका दिन भैसक्दा पनि सरकारले सुनिरहेको छैन, सधै गठबन्धन कारीहरुको बैठक चल्छ, रास्ट्रपति को हुने ? कस्लाई बनाउने, भन्ने मै समय खर्चिएको, देखिन्छ, सरकार र पार्टिहरुलाई आफ्नो पक्षको रबर स्ट्याम्पको रास्ट्रपति चाहिएको छ, तर रास्ट्रपति संविधानत सेरोमोनियल हो, सकृय होईन भन्ने, कुरालाई बिर्सिएको, संबिधान मिच्ने प्रबृति पार्टिहरुमा बढदै गएको, देश संन्चालनका बिधि बिधान, निकायहरु सबै कमजोर बनाउदै, आफ्नै ईसारामा चलाउन खोजेको कारणले यो सोच बढदै गएको हो।

    यसबाट जनता आजित भएको देखिन्छ, उक्त कुरा राम्रोसंग बुझ्नुपर्ने नेपाली कांग्रेसले हो, तर उ आफै आफ्नो हातमा आएको सबै कुरा गुमाएर रास्ट्रपतिको पछाडी परेको देख्दा राजनिति भित्रको बिकृती छताछुल्ल भएको छ, जुन महामानव वि.पि कोईरालाले निर्माण गरेको कांग्रेसको पार्टीको ईतिहांसमा सुहाउँदो कुरा होईन।

    यस्तै कारणहरुले गर्दा १४ बर्षको बनबास पछि पहिलो पटक राजा ज्ञानेन्द्र शाह बोल्न बाध्य भएको देखिन्छ, फागुन ७ गते प्रजातन्त्र दिवसको दिन उनको सन्देश आएको छ। पार्टि, सचेत जनता, नागरिक समाज, बुद्धिजिवीसमेत सबैलाई संबोधन गर्दै, देशको अबस्था दिनप्रतिदिन उधो गति तर्फ गएको, जनतामा बढदै गएको निरासा, भ्रष्टाचार, महंगी, माफियाहरुको बिगबिगी, दण्ड हिंनताको अबस्था, बिधिको शासन , सिधासाधा जनताले न्याय नपाएको, बढदै गएको, चरम असन्तुष्टि, जसका कारण देश भोली ठूलो दुर्घटनामा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै रास्ट्र, राष्ट्रियता अप्ठेरो अवस्थामा पर्न लागेको दृष्यले आफुलाई मर्माहत बनाएको हुनाले अब प्रजातन्त्रबादी, जनता र राजतन्त्र सबै मिलेर सहकार्य गर्दै देश चलाउन आबस्यक भएको छ भन्ने सुझाव सहित आएको बिज्ञप्ति स्वाभाविक नै मान्नुपर्ने देखिन्छ।

    त्यो उनको कर्तव्य पनि हो, जस्को पुर्खाले आर्जेको मूलुक, यदि खतरामा पर्न लागेको छ भने त्यसलाई हेरेर बस्ने छुट, उनलाई पनि छैन, एउटा सचेत नागरिलाई त हुदैन भने उनि त ३ सय बर्ष पुरानो ईतिहांस बोकेको राज्य सत्ताको धरोहर, उत्तराधिकारीलाई सुहाउने कुरा होईन, यदि जनतालाई परेको आपत, बिपदमा साथ नदिएर टुलुटुलु हेरि बस्ने हो भने ईतिहांसले उनलाई पनि माफ गर्ने छैन, त्यसैकारणले पनि होला, उनको नम्रता पुर्बक आएको सुझाब यसलाई सबैले सकारात्मक दृस्टिले लिएर निषेधको राजनीति बन्द गर्दै अगाडि बढ्नु, देश, जनता सबैको लागि हितमा देखिन्छ।

    लोकतन्त्रमा हामी भन्ने शब्द नै हराई सक्यो ?

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...