
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति निर्वाचनमा धेरैले नसोचेको परिणाम आउने सङ्केत गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रपतिमा धेरै व्यक्तिलाई पद दिएर आश्वस्त पार्न खोजिए पनि आफूले संकेतमात्र गर्ने धेरै नबोल्ने बताए।
नेपालले भने–अहिले राष्ट्रपतिको चर्चा छ। प्रत्येक व्यक्ति म हुने भएँ भनेर दङ्ग परेका छन्। सबैलाई पद दिएको छ। म भइहालेँ भन्ने परेको छ। को-को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन। राजनीति यही ढङ्गले अघि बढेको छ, मैले संकेतमात्र गरेको हो। धेरै कुरा नभनौँ। हामी पनि छौँ है राष्ट्रिय राजनीतिमा भनेर सुदूरपश्चिमबाट देखाएका छौँ।’
नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई आफूले सर्तसहित समर्थन गरेको भन्दै पहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बनाउन आफूले चाहेको बताए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
