News Portal

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त

हिमालीसंचार संवाददाता
३४८ पटक

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत माग्दा बहुमतले अस्वीकृत भएको छ।

बिहीबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत मागे पनि विश्वासको मत पाउन असमर्थ रहे। विश्वासको मत नपाएसँगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन्।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो। तर, उक्त समयसीमाभित्र उनले विश्वासको मत पाउन सकेनन्।

नागरिक उन्मुक्तिका सातैजना सांसद अनुपस्थितसँगै मुख्यमन्त्री रावलले विश्वासको मत पाउनबाट बञ्चित रहे। नाउपाका ७ जना प्रदेश सांसद हाल काठमाडौंमा छन्।

उनीहरुलाई फकाउन गठबन्धनका दलका नेताहरू छलफलमा रहे पनि असमर्थ रहे। नाउपाले रेशम चौधरीसहितको रिहाइको माग गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...