News Portal

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त

हिमालीसंचार संवाददाता
४०२ पटक

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत माग्दा बहुमतले अस्वीकृत भएको छ।

बिहीबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत मागे पनि विश्वासको मत पाउन असमर्थ रहे। विश्वासको मत नपाएसँगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन्।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो। तर, उक्त समयसीमाभित्र उनले विश्वासको मत पाउन सकेनन्।

नागरिक उन्मुक्तिका सातैजना सांसद अनुपस्थितसँगै मुख्यमन्त्री रावलले विश्वासको मत पाउनबाट बञ्चित रहे। नाउपाका ७ जना प्रदेश सांसद हाल काठमाडौंमा छन्।

उनीहरुलाई फकाउन गठबन्धनका दलका नेताहरू छलफलमा रहे पनि असमर्थ रहे। नाउपाले रेशम चौधरीसहितको रिहाइको माग गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...