News Portal

विमानथलको सुधार चित्तबुझ्दो छैन : मन्त्री किराँती

हिमालीसंचार संवाददाता
१९८ पटक

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो नभएको बताएका छन्।

शनिवार बिहान विमानस्थलको अनुगमन गर्नजाँदा उनले तुलनात्मक रुपमा विमानस्थलको सुधार हुँदै गए पनि चित्तबुझ्दो रुपमा सुधार हुन अझै नसकेको भन्दै थप सुधारका कार्यक्रम अघि बढाउन निर्देशन दिए।

यसअघिको अनुगमनमा निर्देशन गरिएका कुराहरु चित्तबुझ्दो रुपमा कार्यान्वयन नभएको भन्दै मन्त्री किरातीले आजको अनुगमनमा ट्रलीमा ब्रेक नभएको पाइएको भन्दै तत्काल त्यसलाई सुधार गर्न निर्देशन दिए।

उनले भने, ‘तुलनात्मक रुपमा सुधार छ तर चित्तबुझ्दो रुपमा सुधार छैन। हिजो निर्देशन गरिएका कुराहरु सम्पूर्ण रुपमा पूरा गर्न र आज देखिएको टर्लिमा ब्रेक छैन, तुरुन्त त्यसलाई सुधार गर्न निर्देशन गरिसकेको छु। बाँकी जतिपनि त्रुटी देखेको छु, सम्बन्धित निकायमा कडाइका साथ अझै निर्देशन गर्नेछु। सुधार गर्नुपर्ने धेरै कुरा छ, म बाँकी निर्देशन गर्नेछु।’

गत माघको पहिलो साता विमानस्थलको अनुगमन गर्दै मन्त्री किराँतीले शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिएका थिए।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...