News Portal

नेकपा एसको विमानमा घनश्यामको राजनीतिक उडान

हिमालीसंचार संवाददाता
३२५ पटक

काठमाडौं। उतारचढावपूर्ण राजनीतिक जीवन व्यतित गर्दै आएका घनश्याम भुसाल अन्ततः माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

पार्टीभित्र संस्थापन पक्षसँग कहिल्यै नजिक बन्न नसकेका भुसाल एमाले छाड्दा पनि यस्तै परिदृश्यले काम गरेको छ। तर, उनको अबको राजनीतिक बाटो कस्तो रहला ?

भुसाल अनेरास्ववियूको राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन्। उनी एमालेभित्र थिङ्क ट्याङ्कको रुपमा समेत परिचित थिए। तर, संस्थापन पक्षसँग उनको सहकार्य हुन नसक्दा सधैं छायामा पर्ने गरेको बताइन्छ।

तत्कालीन नेकपाको विवादमा माधव–प्रचण्ड समूहमा रहेका उनी अदालतको आदेशसँगै एमालेमै रहे। एमाले विभाजन गरेर छुट्टै पार्टी गठन गर्ने माधव नेपालको निर्णय गलत रहेको बताउने भुसाल अन्तत आफै त्यहि पार्टीमा समाहित हुन पुगेका छन्।

२०५४ सालमा यीनै माधवबाट अर्का नेता वामदेव गौतमसँगै कारबाहीमा परेका उनी अन्ततः वामदेवसँगै एमालेबाट विद्रोह गरेका थिए। भुसालको चार दशक लामो राजनीतिक करियरको पछिल्ला केहि बर्ष एमाले नेतृत्वसँग पैँठेजोरी खेल्नमा व्यतित भयो।

परिणाम, गत निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले पार्टी परित्याग गर्नुपर्यो। स्वतन्त्र उम्मेदवारी दिएका भुसालाई तत्कालीन गठबन्धनमा रहेको नेकपा माओवादीले साथ दिएपनि एमाले उम्मेदवारसँगै उनि पराजित भए।

निर्वाचनपछि उनको पुर्वपार्टी एमाले र उनलाई साथ दिएको माओवादी एकठाउँमा उभिएर नयाँ सरकारको निर्माण भयो, न घरको न घाटको भए घनश्याम।

एमालेको ढोका बन्द भएपछि उनी एमालेबाटै विद्रोह गरेर बनेको नेकपा एकिकृत समाजवादी पार्टीमा सम्माहित भएका छन्। नेकपा एस कसैको विशेषाधिकार नभएको लोकतान्त्रिक पार्टी बन्ने उनको दावी छ।

एमाले छाडेका भुसाल कुनैबेला आफैलाई पार्टीबाट कारबाही गरेका माधवसँग पार्टी एकतासँगै सहकार्य गर्न पुगेका छन्। एमालेमा लामो समय व्यतित गरेका भुसालले अघि सारेको कार्यपत्रलाई एमालेको नवौं महाधिवेशनले कार्यदिशाको रुपमा स्विकार गरेको छ। तर, उनी आफै भने त्यहि कार्यदिशालाई छाडेर अर्को पार्टी रोज्न पुगेका छन्।

एमाले अध्यक्ष ओलीको आलोचनाकै कारण पार्टीबाट बहिर्गमनको बाटो समातेका भुसालको अबको यात्रा एकिकृत समाजवादीबाट अगाडी बढ्ने छ। तर सिद्दान्तमुखि भुसालको राजनीतिक जीवनका लागि नेकपा एस पर्याप्त हुन सक्छ या सक्दैन, हेर्न बाँकी छ।

अर्कोतर्फ कम्युनिष्ट एकताको नाममा जसपा लगाएतका दलहरुसँग मिल्ने बाटोमा रहेको नेकपा एसमा भुसालले कस्तो स्पेश पाउँछन्, यो चासोको विषय छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...