News Portal

केपी ओलीले चौतर्फी घेराबन्दीमा प्रधानमन्त्री दाहाल

हिमालीसंचार संवाददाता
३०२ पटक

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी घेराबन्दी गरेको आरोप लगाएका छन्।

उनले स्थायी कमिटीको जारी बैठकमा दुई दिनसम्म यही विषय दोहोर्‍याएको एक पदाधिकारीले जानकारी दिए। बिहीबार बसेको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका थिए।

संसद् विघटनको विषय संसद् प्रवेश गराएर ओलीले सहमति पालना नगरेको बताइएको छ। प्रधानमन्त्री प्रचण्डले माओवादीले एमालेको तुलनामा मन्त्रालय पनि राम्रा नपाएको र मर्यादाक्रममा पनि अप्ठेरो पारिएको टिप्पणी गरेका थिए।

‘संसद् विघटनको विषय संसद्मै उठाउँदा निर्वाचित प्रधानमन्त्रीको लागि अलि असहज भएको छ,’ दाहालको भनाई उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘विगतका कुरा सार्वजनिकरुपमा नउठाउने सहमति भएको थियो त्यो पालना भएन। हामीले त्यो विषय नबोल्ने भनेका थियौँ। संसद् विघटनको विषयमा त्यत्रो आन्दोलन गर्‍यौँ, अहिले त्यही ठिक थियो भन्न सकिँदैन।’

उनले एमाले र माओवादीबीच प्रधानमन्त्रीले शपथ लिएका दिनमा एक एक जना मन्त्री पठाउने भनिएको भए पनि एमालेले चार जना पठाएको भन्दै अर्को असन्तुष्टि जनाएका थिए।

‘पहिलो दिनमा नै दुई वटै पार्टीबाट एक एक जना पठाउने कुरा भएको थियो तर एमालेले चार जना पठायो,’ प्रचण्डको भनाई थियो, मन्त्रीको पोर्टफोलियो पनि जसरी हुनुपर्ने हो त्यो भएन। सहमति र विश्वासको कुरा हुन सकेको छैन।’

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सभामुख र राष्ट्रपति अहिले एउटै पार्टीको बनाउने र भोलि प्रधानमन्त्री हुँदाको अवस्था अहिले नै मूल्याङ्कन गर्नुपर्ने बताएका थिए । यस विषयमा गम्भीर समीक्षा गरेर निर्णय गर्नुपर्ने उनको भनाई थियो।

‘सभामुख र राष्ट्रपति अनि भोलि प्रधानमन्त्री पनि एउटै पार्टीको हुने अवस्थामा गम्भीरताका साथ अहिले नै सोच्न जरुरी छ,’ दाहालको भनाई थियो, ‘काँग्रेससहितले विश्वासको मत दिएका छन्। हामीले राष्ट्रिय सहमति जुटाउनुपर्ने अवस्था आउन सक्छ तर अहिले नै काँग्रेस वा एमालेको राष्ट्रपति भन्ने अवस्था चाहिँ छैन।’

त्यसपछि पदाधिकारी तथा स्थायी कमिटी सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु भएपछि पनि दाहालले दोहोर्‍याइ दोहोर्‍याइ ओलीले चौतर्फी घेराबन्दी गरेकाले सहमतिका आधारमा राष्ट्रपति चयनको प्रस्ताव आफूले ल्याएको बताएका थिए।

माओवादी स्रोतले दिएको जानकारीअनुसार दाहालको प्रस्तावमा सबैजसो पदाधिकारी सकारात्मक छन्। तर गिरिराजमणि पोखरेलले भने अहिले एमाले र माओवादीको समीकरण नै अघि बढाउनुपर्ने बताएका थिए।

उनको भनाई उद्धृत गर्दै माओवादीका एक पदाधिकारीले बाह्रखरीसँग कुरा गर्दै भने, ‘अहिले सरकारमा रहेका साथीहरूले पनि यही समीकरणलाई अघि बढाउनुपर्छ भन्नुभएको छैन। अध्यक्षको प्रस्तावलाई उहाँहरूले सकारात्मक रूपमा लिनुभएको छ तर गिरिराजमणि पोखरेलले एमाले र माओवादीबीचको सम्बन्धलाई नै अघि बढाउनुपर्ने भयो। हाम्रो छलफल जारी छ।’

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...