News Portal

राष्ट्रपति र सभामुखको चुनावमा सङै प्रचण्डको परीक्षा

हिमालीसंचार संवाददाता
२४३ पटक

काठमाडौं – प्रतिनिधिसभाको असाधारण मत पाएर गदगद् बनेका प्रधानमन्त्री प्रचण्डले बुधबार मात्रै गोरखा पुगेर ढुक्क भएको बताएका थिए । तर विश्वासको मतको बदलामा कांग्रेसले सभामुख र उपसभामुखकै चुनावबारे छलफल गर्ने निर्णय गर्नुले प्रधानमन्त्री प्रचण्ड अर्को संकटमा परेका छन् ।नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सम्वाद गर्ने निर्णय गरेको छ । आफ्नै निवास, धुम्बाराहीमा बिहीबार बोलाइएको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रचण्डसँग सम्वाद गर्ने प्रस्ताव ल्याएका हुन् ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि नयाँ आधार बन्छ भनिएको थियो, ‘अब कसरी अगाडि बढ्ने भनेर प्रचण्डसँग छलफल गर्ने उहाँहरुको प्रस्ताव रह्यो,’ एक पदाधिकारी भन्छन्, ‘यस्तो प्रस्तावमा कसैको पनि बिमति रहेन ।’ प्रधानमन्त्री प्रचण्डसँग सम्वाद गर्नुपर्ने सभापति देउवाको प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले थप जोड दिए।

अरु पदाधिकारीको पनि बिमति नरहेपछि बैठकले प्रचण्डसँग सम्वाद गर्ने जिम्मा सभापति देउवालाई दिएको छ ।सभापति देउवाकै जोडबलमा २६ पुसमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूले फरक मत राखेपनि सभापति देउवाले विश्वासको मत दिने निर्णय गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...