News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • बामदेव गौतमले दिए ओली-प्रचण्डलाई कृष्ण र अर्जुनको उपमा

    हिमालीसंचार संवाददाता
    १२६ पटक

    काठमाडौं। राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाभारतको कृष्ण र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्जुनको उपमा दिएका छन्।

    शुक्रबार राष्ट्रिय सभामा विशेष समय लिएर गौतमले पछिल्लो राजनीतिक घटनाक्रममा ओली कृष्ण र प्रचण्ड अर्जुनका रुपमा देखा परेको टिप्पणी गरेका हुन्। ‘…जुन आजको स्थिति बिग्रेको छ भनिएको छ त्यसको निम्ति मुल कृष्ण बनेर भूमिका खेल्ने हुनुहुन्छ– एमालेका अध्यक्ष’ गौतमले जोडे, ‘पात्र त प्रचण्ड नै हो।’

    ओली र प्रचण्डको भूमिकालाई महाभारतसँग जोड्दै गौतम अगाडि थप्छन्, ‘यसपटक हाम्रो देशमा घटेको राजनीतिक महाभुकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्ग दर्शक केपी ओली हुन। तर मुख्य पात्र प्रचण्ड हुनुभएको छ।’

    गौतमले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने मिल्ने पनि बताएका छन्। संविधानमा प्रतिपक्षी भन्ने शब्द नरहेको उनको दलिल छ।

    गौतमको भनाइ उनकै शब्दमा

    हाम्रो देशमा कहिले नभएको एउटा राजनीतिक महाभुकम्प गएको छ। र हामी सम्हालिएका छौं। गएको स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेर जाने प्रवृत्ति देखियो। त्यो २०७४ मा पनि भएको थियो। प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन भयो। यो दोस्रो घटना हो। नेपालका राजनीतिक पार्टीहरु गठबन्धन गरेर निर्वाचनमा जाने। गठबन्धन नै गरेर सरकार पनि चलाउने। यो सबै गर्ने हो भने मेरो विचारमा एउटै पार्टी बनाए पनि फरक के पर्छ र ?

    नेपाली जनतालाई रोज्नको निम्ति कुन पार्टी ठीक छ, कुन पार्टीको विचार ठीक छ, कुन पार्टीले समस्या समाधान गर्न सक्छ भन्ने विषयमा स्वतन्त्रतापूर्वक अधिकार दिनुपर्छ र छ। तर, गठबन्धन गरेर जाँदा दुइटा ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले रहे। यो निर्वाचन अरु धेरै धेरै विषयमा भएको छैन् यो दुइटा पार्टीका विषयमा भएको छ। अब एमालेका कमरेडले यहाँ आफ्नो विचार राख्दा कांग्रेसको घोर विरोध गर्नुभयो। तर, यो स्थिति ल्याउनमा, जुन आजको स्थिति बिग्रेको छ भनिएको छ, त्यसको निम्ति मुल कृष्ण बनेर भूमिका खेल्ने हुनुहुन्छ– नेकपा एमालेका अध्यक्ष।

    मलाई धेरै पत्रकारहरुले सोध्नुभएको थियो– यसपटकको राजनीतिक भुकक्प ल्याउनेमा कसलाई मुख्य पात्र मान्नुहुन्छ ?

    पात्र त प्रचण्ड नै हो। तर, योजना बनाउन र कार्यान्वयनमा केपी ओली हुनुहुन्छ। पात्र महाभारतमा अर्जुन र कृष्णहरु छन्। कृष्णलाई मुख्य मान्छन् । तर, धनुषवाण चलाएर सबै समाप्त गर्ने त अर्जुन हुन्। त्यसो भएर कृष्णलाई पछाडिबाट सहयोग गर्ने मानिन्छ। पात्रको रुपमा अर्जुनालाई मानिन्छ।

    यसपटक हाम्रो देशमा घटेको या महाभुकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्ग दर्शक केपी ओली। र पात्र मुख्य पात्र प्रचण्ड हुनुभएको छ। निर्वाचित भएर अत्याधिक निर्वाचित मत प्राप्त गरेर निर्वाचित हुनुभएको प्रचण्डलाई हार्दिक बधाई दिन्छु।

    शेरबहादुर र मेरो बीचमा जय नेपाल र लालसलाम कामरेड र मित्र भनेर चल्छ। शेरबहादुर कमरेड मेरा निम्ति कांग्रेसका निम्ति होइन। उहाँलाई धन्यवाद दिन्छु। मतदान सरकारलाई गरे पनि हामी प्रतिपक्षमा बस्ने छौं, गुण र दोषका आधारमा समर्थन र विरोध गर्नेछौं। हाम्रो भूमिकमा कसैले शंका नगर्नुस भनेर शुभकामना मन्तव्य दिँदा र बाहिर पनि बोल्नुभएको छ। मतदान गरेकैलाई प्रतिपक्षलाई सिद्धियो भन्ने विषय त्यहाँ प्रस्तुत गरिएको छ। नेपालको संविधानमा कहीँ पनि प्रतिपक्ष भन्ने छैन। त्यो त निपयमावलीमा छ, सिद्धान्तमा छ। संविधानमा कहीँ पनि छैन।

    संविधननले एउटा अवस्थामा एउटै पार्टीको नेतृत्वको सरकार बन्छ र अरु अरु प्रतिपक्षमा बस्ने स्पष्ट बस्ने भनेको छ। यसपटकको सरकार संविधानको धारा ७६ को उपधारा १ अनुसारको होइन। यो उपधारा २ को सरकार हो। त्यहाँदेखिका विकल्पहरु छन् ती सबै विकल्पमा उठेर प्रधानमन्त्रीको उम्मेदवारले अनुरोध गर्ने हो। कांग्रेस बाहेकले अरु सबैले भोट दिनुस् भन्ने जस्तो हुँदैनथियो।

    प्रतिकृया दिनुहोस्

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...

    मंसिर ९ गते आईतबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ मंसिर ९ गते आईतबार || सन् २०२४ नोभेम्बर २४ तारिख || नेपाल...

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...