News Portal

मैले हराएको मण्डलेलाई ल्याएर मलाई निकालेपछि प्रतिवाद गरेँ : घनश्याम भुसाल

हिमालीसंचार संवाददाता
५२७ पटक

काठमाडौं। नेकपा एमाले छाडेर स्वतन्त्र चुनाव लडेको नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा सर्वत्र म भन्ने अहंकार हावी भएको आरोप लगाएका छन्।

आज माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्दै उनले भने, ‘ओली संगठन कस्तो हुन्छ सौराह काण्डजस्तै हो। सिद्धान्त राज्य र पार्टी सबै मेरा चाकर हुन् भन्ने ठान्छन्। विचार सर्वत्र म भन्ने हो।’

ओलीवाद हावी भएकै कारणले अहिले कम्युनिष्ट आन्दोलन अफ्ठ्यारोमा परेको आरोप लगाए। उनले भने, ‘मैले गालीगलोज गरेको छैन। कसैले बहस गर्छ म तयार छु।’

एमालेमा ओलीवाद हावी भएकै कारणले आफू एमालेमा बस्न नसकेको उनको भनाइ छ।

उनले भने, ‘मेरो निर्वाचन क्षेत्रमा अरु कसैलाई ल्याएर उठाइदैछ भन्ने मलाई थाहा थियो। मैले सबैलाई भनेको दिए मलाई उम्मेदवारी दिइदैन। यो समान्य कुरा थियो। तर, मैले अघिल्लो चुनावमा हराएको मण्डलेलाई ल्याएर मलाई निकालेको कुरा म सहेर बस्नु हो भने जिउँदै बस्नुपर्छ कि पर्दैन। जो सुकैले पनि सोच्ने कुरा हो जस्तो लाग्छ मलाई। त्यसैले मैले प्रतिवाद गरेको हुँ ।’

सत्ताको लागि संविधान विपरितका आश्वासन बाँडेर गठबन्धन गरेकोप्रति असन्तुष्टि समेत व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...